गुलशन झाको उत्कृष्ट प्रदर्शका बाबजुद नेपाल ओमानसँग पराजित
क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ। अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन्। नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पुर्याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे। शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए भने कलिमउल्लाहले विजयी चौका हाने।
बिएल संवाददाता - काठमाडाैँ