बिएल संवाददाता
एसिसी एसिया कप यू- १९ मा भारत पाकिस्तानसँग पराजित भएकाे छ।
शनिबार दुबईमा भएकाे खेलमा भारत पाकिस्तानसँग ४३ रनले पराजित भएकाे हाे। पाकिस्तानले दिएकाे २८२ रनकाे लक्ष्य पछाएकाे भारत ४७.१ ओभरमा २३८ रन बनाउँदा अलआउट भयाे।
भारतका लागि निखिल कुमारले ६७ रनकाे अर्धशतकी इनिङ खेलेता पनि त्याे जितका लागि पर्याप्त भएन। भारतका आयुष म्हत्रेले २०, आन्द्रे सिद्धार्थले १५, कप्तान माेहमद अमानले १६, किरण चाेर्माले २०, हर्भानसिंह पंगालियाले २६ हार्दिक राजले १०, माेहमद इमानले ३०, युद्धजित गुहले १० तथा आइपिएलका कान्छा खेलाडी वैभव राजवंशीले १ रन प्रहार गरे।
पाकिस्तानका अलि राजाले ३ तथा अब्दुल सभन र फाहम उल हकले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएकाे थियाे। त्यस क्रममा पाकिस्तानका शाहजाइब खानले १५९ तथा उसमान खानले ६० रन प्रहार गरेकाे थिए।
जारी प्रतियाेगितामा नेपाल भने श्रीलंकासँग शुक्रबार पराजित भएकाे थियाे।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया