बिएल संवाददाता
एसिसी एसिया कप यू- १९ मा भारत पाकिस्तानसँग पराजित भएकाे छ।
शनिबार दुबईमा भएकाे खेलमा भारत पाकिस्तानसँग ४३ रनले पराजित भएकाे हाे। पाकिस्तानले दिएकाे २८२ रनकाे लक्ष्य पछाएकाे भारत ४७.१ ओभरमा २३८ रन बनाउँदा अलआउट भयाे।
भारतका लागि निखिल कुमारले ६७ रनकाे अर्धशतकी इनिङ खेलेता पनि त्याे जितका लागि पर्याप्त भएन। भारतका आयुष म्हत्रेले २०, आन्द्रे सिद्धार्थले १५, कप्तान माेहमद अमानले १६, किरण चाेर्माले २०, हर्भानसिंह पंगालियाले २६ हार्दिक राजले १०, माेहमद इमानले ३०, युद्धजित गुहले १० तथा आइपिएलका कान्छा खेलाडी वैभव राजवंशीले १ रन प्रहार गरे।
पाकिस्तानका अलि राजाले ३ तथा अब्दुल सभन र फाहम उल हकले समान २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनाएकाे थियाे। त्यस क्रममा पाकिस्तानका शाहजाइब खानले १५९ तथा उसमान खानले ६० रन प्रहार गरेकाे थिए।
जारी प्रतियाेगितामा नेपाल भने श्रीलंकासँग शुक्रबार पराजित भएकाे थियाे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया