बिएल संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गाह्राे भएको बताएका छन्।
राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगति नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए।
उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गाह्राे छ। अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती छैन्। पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ।’
यस्तै, उनले यसवर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको भन्दै त्यही बजेटबाट कामहरु अगाडि बढेको बताए।
उनले भने, ‘यस वर्षको बजेट हेर्ने हो भने तीन अर्ब ५० करोड मात्र छ। त्यसमध्ये पुँजीगत बजेट धेरैमा डेढ अर्ब छ। यसमा ६० करोड रुपैयाँ दशौँ राष्ट्रिय खेलकुद कर्णाली, पाँच करोड पारा खेलको लागि, ५० करोड रुपैयाँ मूलपानीको राष्ट्रिय गौरवको योजनाका लागि, २० करोड किर्तिपुर रंगशाला बनाउनका लागि, अरु साना साना बजेट छन्।’
बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल भएको थियो भने मन्त्रीलगायत मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्को पनि उपस्थिती रहेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया