बिएल संवाददाता
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको गृह निर्वाचन क्षेत्रका रूपमा चर्चित काठमाडौं ४ यतिबेला चर्चाको शिखरमा छ । चर्चा यसकारणले पनि छ कि गगनले यो क्षेत्र किन छोडे ? अनि, उनले कसलाई आफ्नो उत्तराधिकारी बनाएर छोडे ?
केहीले गगनले यो क्षेत्रमा जित्न नसक्ने भएर छोडेको बताए । तर, त्यसो भन्नेलाई एमाले उम्मेद्वार राजन भट्टराईको पुनरागमनले खण्डन गर्यो । गगन उठ्दा हार्छु भनेर उम्मेद्वार नदिने घोषणा गरिसकेका राजन गगन नउठ्ने भएपछि सजिलो हुने ठान्दै पुन: चुनावी मैदानमा आए ।
के भनेजस्तै सजिलो छ त राजनलाई ?
अहिलेसम्मको चुनावी परिदृश्यले त्यस्तो देखाउँदैन । गगनले अप्रत्यासित रूपमा आफ्नो उत्तराधिकारी छानेका युवा कांग्रेस सचिन तिमल्सेना पनि उत्तिकै प्रतिभाशाली देखिएका छन् । गगनकै टिममा रहेर लामो समयदेखि काम गर्दै आएका सचिनको बहुआयामिक युवा व्यक्तित्वका कारण राजनलाई फेरि पनि निराश बनाउने सम्भावना बढ्दो छ ।
काठमाडौं ४ यसै पनि उल्लेख्य मात्रामा कांग्रेसका प्रतिवद्ध मत रहेको क्षेत्र हो । यहाँ कांग्रेस नयाँ र फरक भएर आएको सन्देश पनि राम्रैसँग सञ्चार भएको छ । यस क्षेत्रमा कांग्रेसले उम्मेद्वार पनि फ्रेस पाएको छ । उमेरले पनि लगभग जेनजी पुस्ताकै सचिन कांग्रेस विशेष अधिवेशनकको समयमा जेनजी संयोजक नै थिए ।
यो क्षेत्रमा यसअघि तीनपटक गगन थापासँग पराजित भैसकेका डा. राजन भट्टराई एमाले उम्मेद्वार छन् । ओली प्रधानमन्त्री हुँदा पटक पटक सल्लाहकार रहिसकेका राजन ओलीकै किचन क्याविनेटका एक प्रभावशाली सदस्य हुन् । त्यही कोटरीबाट उनी केही समयअघि एमाले सचिव भए ।
भदौ २३-२४ को जेनजी आन्दोलन दबाउन ओलीलाई सल्लाह दिनेमध्येका एक राजन अत्यन्तै रक्षात्मक स्थितिमा चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष ओलीको तस्बिरसम्म प्रचार सामग्रीमा राख्न नसक्ने स्थितिका उनलाई छोटे ओलीको बदनाम परिचय मिलेको छ ।
तर, उता कांग्रेस उम्मेद्वार सचिन उम्मेद्वारलाई भने जुनियर गगनको परिचय मिलेको छ । गगनजस्तै तार्किक र प्रभावशाली भाषण गर्न सक्ने सचिन नेपालका एक लोकप्रिय क्रिकेट कमेन्टेटर पनि हुन् । उनको यो फरक व्यक्तित्व र भूमिकाका कारण पनि नेपाली क्रिकेटलाई माया गर्ने खेलाडी र शुभचिन्तकमाझ उनी लोकप्रिय छन् ।
काठमाडौं ४ पार्टी सभापति गगन थापाले ह्याट्रिक जीत निकालेको क्षेत्र भएकाले पनि कांग्रेसको निम्ति आफैंमा प्रतिष्ठाको क्षेत्र भएको छ । त्यसैले सारा कांग्रेसीहरू एकजुट भएर सचिनलाई जिताउन लागेका छन् । नियमित महाधिवेशन र विशेष महाधिवेशनको विभाजन रेखा पनि यस क्षेत्रमा मेटिसकेको छ ।
देशमा चुनावी हावा आएको भनिएको रास्वपाले यो क्षेत्रमा पुकार बमलाई उम्मेद्वार बनाएको छ । यसअघि काठमाडौं १ मा विवेकशील साझाको उम्मेद्वार बनेर पराजित भएका पुकार साझा पृष्ठभूमीबाट रास्वपा आएका हुन् । यसै पनि उनलाई रास्वपाका उग्र कार्यकर्ता र मतदाताले मन पराउँदैनन् । लगभग एक्लै र सानो समुहमा चुनावी क्याम्पेन चलाइरहेका पुकारलाई रास्वपाको बतासले खासै छोएको छैन ।
यसअघि अन्य क्षेत्रमा उम्मेद्वार भैसकेका रास्वपा उम्मेद्वार पुकार वम यो क्षेत्रमा नयाँ भए पनि उनलाई नयाँको रापले खासै तताएको रहेनछ । छनौट जुनियर गगन कि छोटे ओली भन्नेतिरै साँघुरिदै गएको देखिन्छ । जनमत बिस्तारै भदौ २३-२४ का खलनायक ओलीको किचन क्याविनेटका छोटे ओली राजनभन्दा राम्रो सम्भावना भएका युवासमेत रहेका जुनियर गगन सचिनकै पक्षमा ढल्कदै गएको देखिन्छ ।
प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपा उम्मेद्वारबीच त्रिकोणीय भए पनि अहिलेसम्मको स्थिति हेर्दा जुनियन गगन अर्थात् सचिन तिमल्सेना नै अगाडि देखिन्छन् । उनलाई छोटे ओली अर्थात् राजनले पछ्याइरहेका त छन् तर उनलाई भेट्न यो गति पर्याप्त छैन । यही क्रम अगाडि बढ्दै जाने हो भने उनी रास्वपाका पुकारभन्दा पनि पछि पर्ने सम्भावना बढ्दो छ ।
फागुन २१ गतेको चुनाव सामान्य चुनाव हैन । त्यसैले मतदाताले आवेगमा आएर हैन, विवेकको प्रयोग गरेर मतदान गर्नुपर्ने स्थिति छ । त्यसका लागि दुई परस्पर विरोधी अतिवादी ओलीको एमाले र रविको रास्वपाभन्दा सच्चिएको कांग्रेस छान्नु कम जोखिमपूर्ण हुनेछ । कांग्रेस सच्चिएको हो कि हैन त्यसको परीक्षण गर्न पनि यसपटक गगन थापा नेतृत्वको कांग्रेसलाई शंकाको सुविधा दिनुपर्ने देखिन्छ । त्यसका लागि जुनियर गगन अर्थात् सचिन तिमल्सेनाको जीतको स्वभावत: ठूलो अर्थ र महत्व रहन्छ ।
यस कोणबाट पनि सचिन जिताउन काठमाडौं ४ तयार भएजस्तो देखिन्छ ।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया