बिएल संवाददाता
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो।
कमजोर सुरुवात गरेको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १३३ रन बनाएको हो।
सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे। ऐरीले सर्वाधिक ५८ रन बनाए। उनी विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ को टी–२० विश्वकपको नेपालको डेब्यु खेलमै सुबास खकुरेलले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
सोमपाल कामीले अविजित २६ रन बनाए। यसबाहेक अन्य ब्याटरले २० रनको स्कोर कटाउन सकेनन्। कामी यसै खेलबाट नेपालको लागि तीन टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका छन्। यसअघिका दुई खेलमा बेन्चमा रहेका सोमपालले तेस्रो खेलमा मौका पाएका हुन्।
बलिङमा वेष्ट इन्डिजका ज्यासन होल्डरले ३ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिज यतिबेला ५.३ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया