बिएल संवाददाता
अमेरिकाको नेपाली डायस्पोराबाट एउटा आङ नै सिरङ्ग गर्ने समाचार प्राप्त भएको छ ।
घटना सोमबार बिहान करिब ५:१५ बजे अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा घटेको हो । स्थानीय प्रहरीका अनुसार नेपाली मूलका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती ५१ वर्षीया बिन्दा थापा र छोरी ३१ वर्षीया ममता थापाको विभत्स हत्या गरेका छन् भने ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतलाई गम्भीर घाइते बनाएका छन् ।
उनले १० इन्च लामो धारिलो छुरीले अन्धाधुन्ध प्रहार गरी उनीहरूको हत्या गरेका हुन्।
प्रहरीका अनुसार घटनाको समयमा छत्रबहादुरका ज्वाइँ सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। झगडा भएको आवाज सुनेर घरभित्र पस्दा श्रीमती ममता र सासू बिन्दा रक्ताम्मे अवस्थामा थिए । उनीहरुको हत्यापछि छत्रबहादुरले सन्तोषमाथि पनि सोही छुरीले आक्रमण गरेका थिए ।
प्रहरीले छत्रबहादुरलाई पटक-पटक हतियार फालेर आत्मसमर्पण गर्न दिएको आदेश नमानेपछि गोली चलाउँदा छत्रबहादुर घटनास्थलमै मारिए भने ज्वाईँ सन्तोषको ज्यान बच्यो ।गम्भीर घाइते सन्तोषको अत्यन्तै नाजुक अवस्थामा स्थानीय अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
घटनामा एक वर्षीय सन्तोष-ममता दम्पतिका छोरा भने सुरक्षित रहेको बताइन्छ ।
यस हिंसाको हत्याकाण्डको वास्तविक कारणबारे स्थानीय प्रहरीले अनुसन्धान भैरहेको बताएको छ ।
उदयपुर बेलका नगरपालिका– ९ रामपुर बजारका थापा तीन महिनाअघि छोरी-ज्वाईंकै निमन्त्रणामा श्रीमती बिन्दालाई लिएर अमेरिका उडेका थिए । उनै छत्रबहादुरले अमेरिकामा आफ्नै परिवारलाई अकल्पनीय रुपले सकाएका हुन् । ममता थापाकी जेठी छोरी हुन् ।
उदयपुरस्थित पारिवारिक स्रोतका अनुसार व्यापार–व्यवसाय गर्दै आएका थापा घाटा खाएपछि डिप्रेसनमा गएका थिए । मानसिक रुपमा विक्षिप्त थापाको कहिलेकाँही श्रीमतीसँग घरझगडा हुँदैआएको थियो । श्रीमतीसँग झगडा भएर उनलाई मार्न लागेका बाबुलाई छुट्याउन जाँदा छोरीको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
भर्जिनियाको अमेरिकी नेपाली डायस्पोरोमा यसअघि पनि यस्ता जघन्य घटना भैरहेका छन् । गत साल यहीको नेपाली डायस्पोरामा नरेश भट्टले श्रीमती ममता काफ्लेको हत्या गरेका थिए । अत्यन्त अमानवीय किसिमले भएको त्यो विभत्स हत्याकाण्डको गुत्थी अझै सुल्झेको छैन ।
एकपछि अर्को गरेर भैरहेका यस्ता विभत्स हत्या घटनाले अमेरिकामा नेपाली समुदाय एक असुरक्षित समुदायका रूपमा बदनाम हुँदैगएको छ । यस्ता घटना भर्जिनियाको नेपाली समुदायको छवि बिगार्न त जिम्मेवार छन् नै, यसको असर समग्र अमेरिकामा नपर्ने भन्ने हुँदैन ।
अमेरिकाको नेपाली समुदायका लागि यस्ता घटनाहरू व्यक्तिगत हानीका मात्रै घटना हुँदैनन्, समस्त नेपाली समुदायका लागि समेत अनेक कारणले घातक हुन्छन् । घटनाले अमेरिकाको नेपाली समुदाय त यसै पनि स्तव्ध हुन्छ ।
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया