बिएल संवाददाता
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको छ।
नेपाललाई हराएसँगै दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
वेस्ट इन्डिजका लागि कप्तान शाई होपले अविजित ६१ रन बनाउदा शिमरोन हेटमायरले अविजित ४६ रन बनाए। ब्राण्डन किंङ २२ रन बनाएर आउट भए।
नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।
कमजोर सुरुवात गरेको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १३३ रन बनाएको हो।
सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे। ऐरीले सर्वाधिक ५८ रन बनाए। उनी विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ को टी–२० विश्वकपको नेपालको डेब्यु खेलमै सुबास खकुरेलले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
सोमपाल कामीले अविजित २६ रन बनाए। यसबाहेक अन्य ब्याटरले २० रनको स्कोर कटाउन सकेनन्। कामी यसै खेलबाट नेपालको लागि तीन टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका छन्। यसअघिका दुई खेलमा बेन्चमा रहेका सोमपालले तेस्रो खेलमा मौका पाएका हुन्।
बलिङमा वेष्ट इन्डिजका ज्यासन होल्डरले ३ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए।
लगातार तीन हार बेहोरेको नेपाल अंकविहिन हुँदै विश्वकप रेसबाट बाहिरिएको छ। नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो। अब नेपाल अन्तिम खेल स्कटल्याण्डसँग सान्त्वना जितको खोजीमा हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया