बिएल संवाददाता
आईसीसी टी–२० विश्वकपको सुपर–आठ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बिहीबार सम्पन्न खेलमा अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको हो।
यो जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो बनेको छ।
वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो। कप्तान एडेन मार्करमले अविजित ८२ रन बनाउँदा रायन रिकल्टन ४५ रनमा अविजित रहे। यस्तै, क्वीन्टन डी कक ४७ रन रन बनाएर आउट भए।
बलिङतर्फ वेस्ट इन्डिजका रोस्टन चेजले एकमात्र विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन जोडेको थियो।
इन्डिजका लागि ब्याटिङमा जेसन होल्डरले ४९ रन बनाउँदा रोमारियो शेफर्ड ५२ रनमा अविजित रहे। त्यस्तै ब्रेन्डन किङले २१, शाई होपले १६ रन बनाए।
बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन, कागिसो रबाडा र कोर्बीन बोसले समान दुई–दुई विकेट लिए।
अफ्रिकाको यो लगातार दोस्रो जित हो। यसअघि सुपर–८ मै अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया