शुक्रबार, १७ जुलाई २०२६

मुक्तिनाथमा आन्तरिक पर्यटक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा सुख्खा पहाड र हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पशुपतिका चारै ढोका खुले

हिन्दु धर्मावलम्बीहरूले महादेवको आराधना, भजनकीर्तन, पूजा, होम गरी महाशिवरात्रि पर्व मनाउँदैछन्।  महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि बिहानैदेखि ठूलो घुइँचो लागेको छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा सो मन्दिर रहेकाले प्रत्येक वर्ष आजको दिन मन्दिरमा मेला लाग्ने गर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारत लैजान लागेकी १८ वर्षिय युवतीको सशस्त्र प्रहरीद्धारा उद्धार, तीन जना समातिए

बाँकेमा सशस्त्र प्रहरीले चोरीपैठारी नियन्त्रण मात्रै नभई मानवबेचबिखन जस्ता गतिबिधि रोक्न प्रभावकारी काम गरिरहेको छ। मानवबेचबिखनका लागि निकै संवेदनशिल मानिएको बाँकेको सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका निकायले प्रभावकारी कदम चलाइरहेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप

बागमती प्रदेश सरकारद्वारा बागमती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरखार हाम्मालेखी पुनि रछ…’

‘केही पैसा आउला र नुन तेला गरौँला भनी गएका छियौं,’ बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्, ‘हिउँ आला भुनि थाहा पायानु। हिउँ नआएको भए नापा पैसा कमाइ होइजान्या छियो। अब ज्यान जोगियो यही लाख भयो।’

महेश नेपाली

महेश नेपाली - जुम्ला

सुदूरपश्चिम सरकारबाट नेकपा एस पनि बाहिरियो, मुख्यमन्त्री शाह अल्पमतमा 

सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकिकृत समाजवादी (एस) पनि बाहिरिएको छ। बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने बिहीबार बिहान नेकपा एसले पनि लिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

आज बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

गण्डकी सरकार अल्पमतमा, माओवादीले दिएको समर्थन फिर्ता

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

महाशिवरात्रि भव्य बनाउन पशुपति क्षेत्रमा तयारी, के-के गरिँदैछ बन्दाेबस्त?

महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ। नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ। यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कर्णाली सरकारबाट बाहिरियो काँग्रेस

कर्णाली प्रदेश सरकारमा काँग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल सामाजिक विकास मन्त्री थिए। काँग्रेस गत वैशाख ७ गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कर्णालीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मंगलबार उनीहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको काँग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो: मुख्यमन्त्री शर्मा

द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका– ९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवम् धार्मिक महामहोत्सव’ शुभारम्भ गर्दै उनले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित

लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित हुने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

युवक हत्या आरोपमा चार महिनापछि वडाध्यक्षसहित ६ जना पक्राउ 

कञ्चनपुरको बेलौरी नगरपालिका–९ का १८ वर्षीय अनुश रानाको हत्या आरोपमा सोही वडाका अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका छन्। अन्य पक्राउ पर्नेमा सोही वडाका सुकदेव राना, भंगी राना, सुरज राना, दुक्खो राना र अनिरुद्र राना रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको शल्यक्रिया

 कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्यामा सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो। 

बिएल संवाददाता

बिएल संवाददाता - टीकापुर

होमस्टे सञ्चालकहरुका लागि व्यावसायिक क्षमता अभिवृद्धि तालिम

सामुदायिक होमस्टे सञ्चालकहरुका लागि ७ दिने व्यावसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएकाे थारु कल्याणकारी मञ्चका अशाेक चौधरी र होमस्टे महासंघ लुम्बिनी प्रदेश पर्यटन प्रबर्द्धन मन्चका उपाध्यक्ष पृथ्वी पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं