बिएल संवाददाता
कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको गठबन्धन फरक बनेपछि कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको हो।
कर्णाली प्रदेश सरकारमा काँग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल सामाजिक विकास मन्त्री थिए। काँग्रेस गत वैशाख ७ गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।
सरकार छोड्नुअघि काँग्रेसबाट सहभागी तीन जना मन्त्रीले सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्। पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री सिंहले केन्द्रमा बदलिएको समीकरणअनुसार प्रदेशमा आफूहरु सरकारबाट बाहिरिने निर्णय गरेको बताए।
‘कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को गठबन्धनमा लागेपछि सरकारमा बसिरहन उपयुक्त लागेन्,’ उनले भने, ‘संसदीय दलको निर्देशन अनुसार सरकार छोड्ने निर्णय गरेका हौँ।’
सरकारबाट बाहिरिएसँगै काँग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया