
बिएल संवाददाता
कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको गठबन्धन फरक बनेपछि कर्णाली प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको हो।
कर्णाली प्रदेश सरकारमा काँग्रेसबाट बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णबहादुर बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र खड्कबहादुर पोखरेल सामाजिक विकास मन्त्री थिए। काँग्रेस गत वैशाख ७ गते कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।
सरकार छोड्नुअघि काँग्रेसबाट सहभागी तीन जना मन्त्रीले सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्। पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री सिंहले केन्द्रमा बदलिएको समीकरणअनुसार प्रदेशमा आफूहरु सरकारबाट बाहिरिने निर्णय गरेको बताए।
‘कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को गठबन्धनमा लागेपछि सरकारमा बसिरहन उपयुक्त लागेन्,’ उनले भने, ‘संसदीय दलको निर्देशन अनुसार सरकार छोड्ने निर्णय गरेका हौँ।’
सरकारबाट बाहिरिएसँगै काँग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया