बुधबार, ०८ अक्टोबर २०२५

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रमका साथ मनाउँदै

आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर!

वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो। बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ। गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन्: सांसद योगेन्द्र मण्डल

मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो। अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ। अझै पनि हाम्रा पाइला उल्टो दिशातर्फ उन्मुख छन्। देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ। केही बिना पैसा पनि सुधार गर्न सकिन्छ। उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न। राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन्। त्यतातिर ध्यान कसैको गएको देखिन्न। सामुदायिक विद्यालयको अवस्था सबैलाई जगजाहेर छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन्।  तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ। यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ। त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

हराएकाे दुई सातापछि भेटिइन् जुम्लाकी रमिशा

जुम्लाको सिंजा गाउँपालिका- ६ जोडुकी १२ वर्षीया रमिशा बुढा हराएकाे दुई सातापछि फेला परेकी छन्। माघ ११ गतेदेखि हराइरहेकी रमिशा बुधबार फेला परेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पिप्ले–भगवती सडक कालोपत्र

हिलो र धुलोबाट मुक्ति, यात्रा सहज र सुरक्षित भएको स्थानीय बताउँछन्। यसैबीच, सडक कालोपत्र भएपछि भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

मौसम माैसम: यी प्रदेशमा हिमपात, तराईमा हुस्सु

हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए। 'जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा दुईवटा बसपार्क छ। यातायात व्यवसायीहरुले आफूखुसी जथाभावी पार्किङ गर्दै आएका छन्। बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजार कुरुप बनेको छ', उनले भने, 'कुरुप बजारलाई व्यवस्थित गर्न प्रशासनले पहल थालेको छ। प्रशासन दिएको निर्देशन कार्यान्वयन गर्न-गराउन सम्बन्धित निकायलाई लिखित निर्देशन दिइएको छ। यदि, प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेको खण्डमा कानुनबमोजिक कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण

तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ। पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

लुम्बिनि प्रदेशको संसद बैठक आह्वान

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते देखि बस्दैछ। लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

बँदेलको आतङ्कले गाउँमा त्रास

मङ्गलसेन नगरपालिका–६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट उहाँ गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

दोलखाको सहकारीबाट ३२ लाख चोरी

केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाेलखा

आगलागीले त्रिपुरा माविको भवन ध्वस्तः पाँच लाख बढी नगदसँगै काजपत्र सबै जले (तस्बिरसहित)

प्रशासनीक भवन भएकाले त्यहाँ भएको साढे पाँच लाख बढी नगर रुपैयाँसहित काजपत्र सबै जलेको छ। विद्युत सर्ट भएर आगो लागेपछि दुई वटा सिलिण्ड ग्याँसबाहेक केही निकाल्न नसकिएको वडा नम्बर २ का वडाध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

डोल्पाको त्रिपुरा माविमा भिषण आगलागी

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना उक्त कारागारको भौतिक संरचना पनि जीर्ण भएको छ। कारागारमा हाल ३८  विदेशी (भारतीय) सहित छ सय दुई कैदीबन्दी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को, व्यवसायीद्वारा स्वागत

यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रूपमा अथ्र्याइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ।  मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ