बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन्।
उनले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिएका हुन्।
'सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्', विज्ञप्तिमा भनिएको छ।
सभापति देउवाले ल्होछार पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया