
होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्टका सञ्चालक पक्राउ
किशोरीलाई गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा लगी कोठा बुक गरेर राखेपछि बलात्कार गरेको खुलेको डीएसपी दाहालको भनाइ छ। उनका अनुसार बलात्कारपछि किशोरी केही थाहा नपाउने भएकी थिइन्। पीडितको शरीरको बाहिरी भागमा भने कुनै चोटपटक देखिएको छैन।

बिएल संवाददाता - मोरङ