बिएल संवाददाता
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरेका छन्।
स्याङ्जाको चापाकोट नगरपालिकाले आज चापाकोट–८ रत्नपुरमा आयोजना गरेको प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा उनले सो आग्रह गरेका हुन्।
‘विकास निर्माण गर्दा सबैलाई समान ढङ्गले समेट्नु पर्छ, सबै जना हातेमालो गरेर अगाडि बढ्नुपर्छ, यसमा राजनीति गर्नु हुँदैन’, उनले भने। सबै दल मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो।
एक दलले अर्को दललाई शत्रु ठान्ने प्रवृत्ति बढ्दै जानु गलत भएको मन्त्री गुरुङले उल्लेख गरे। ‘पछिल्लो समय नेपाली राजनीतिमा गलत प्रवृत्ति बढ्दै गएको छ’, उनले भने।
छलफलमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशसभाका पूर्वसदस्य भागवतप्रकाश मल्ल, वन तथा कृषि क्याम्पस चितवनका डीन डा अर्जुन श्रेष्ठ र चापाकोटका नगर प्रमुख देवबहादुर खाँणले चापाकोटमा कृषि क्याम्पसको आवश्यकता र महत्वबारे धारणा राखेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया