सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नौ बुँदे प्रतिबद्धता
सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका-९ वडा कार्यालयले नौ बुँदे प्रतिबद्धता जारी गरेको छ। सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो।
बिएल संवाददाता - गण्डकी