राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता
पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
बिएल संवाददाता - गण्डकी
पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
बिएल संवाददाता - गण्डकी
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ स्थित जरलहवा गाछी भन्ने गाउँमा भएको आगलागी नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् डिएसपी सन्तु जैसवारले ७ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। उनले विश्वासको मत लिनु अगाडि बुधबार सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्।
बिएल संवाददाता - सुर्खेत
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ। मेला पाँच दिनसम्म जारी रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो।
बिएल संवाददाता - दोधारा चाँदनी
मुम्बईको बाहिरी भागमा रहेको दिवास्थित आफ्नै घरबाट यात्रा गर्छिन् उनी। एक घण्टा २० मिनेटको यात्रा गरेर उनी दिनदिनै भायकुलाको अपमार्केट जान्छिन्। जहाँ उनले दुई वर्षदेखि खाना पकाउने काम गरिरहेकी छिन्।
बिएल संवाददाता - मुम्बई
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
यतिबेला काठमाडौँ उपत्यकाको शोभा बनेर थरिथरीका फूलहरू ढकमक्क फूलेको देख्न सकिन्छ। यसले सहरलाई सुन्दर अनि राेमाञ्चित बनाइरहेकाे छ। विशेषगरी दुर्गन्धित मानिने काठमाडौँ धोवीखोला आसपासमा फूलेका फूलहरूले सुगन्ध थपेकाे छ। रङ्गी फूलहरूले धोवीखोलाकाे शोभा बढाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।
बिएल संवाददाता - कैलाली
राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो।
बिएल संवाददाता - कञ्चनपुर
मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो। बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।
बिएल संवाददाता - महोत्तरी
आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ। प्रदेश सभामा ६ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सात वटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
बिएल संवाददाता - लुम्बिनी
चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो। हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।
बिएल संवाददाता - बागलुङ
विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन।
बिएल संवाददाता - वीरगञ्ज
विक्रम सम्बत् २०४१ मा सुपथ मूल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल ब्यवसायीक समूह बनिसकेको छ।
बिएल संवाददाता - काठमाडौं
स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
बिएल संवाददाता - अछाम
दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
बिएल संवाददाता - दाङ
तीन महिनाअघि मात्रै नागरिक समूह ‘टीएनएलए’ले आफ्नो कब्जामा लिएको म्यान्मारको नाम्टू नगरलाई एक दशकअघि दोस्रो नेपाल भनिन्थ्यो। नाम्टूमा हजारौँ नेपालीहरू बसोबास गर्छन्। उनै नेपालीहरूले गालामा चन्दनको लेप र हातमा पहेंलो फूल समात्दै म्यान्मारको परम्परागत नयाँ वर्षलाई स्वागत गरेका हुन्।
बिएल संवाददाता - नाम्टू नगर