शनिबार, १२ जुलाई २०२५

काठमाडौं महानगरमा नवनिर्मित फाल्चा र माटाको घैंटोमा चिसो पानी (तस्बिरहरू)

काठमाडौं महानगरपालिका-१५ निपुहिटीमा सर्वसाधारणका लागि नवनिर्मित फाल्चा। फाल्चामा बटुवाहरूका लागि माटाको घैंटोमा चिसो पानी पनि राखिएको छ। गर्मीको मौसममा महानगरको यस्तो कार्यले बटुवाहरू र फाल्चामा आराम गर्नेहरू लाभान्वित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक, के भन्छन् विज्ञ ?

वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण एवम मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चक्कु प्रहार गरी ससुराको हत्या, बेचन महासेठ पक्राउ

गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेवप्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँइ ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

गिट्टी कुट्दै गरेकी महिलाको पहिरोमा पुरिएर मृत्यु

मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने ठाउँमा सडकको नाला निर्माणमा काम गर्ने महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ। खात्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०ः५० बजे ज्यान गएको खत्याड गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाहीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

ललितपुरमा विपद् व्यवस्थापन तालिम, चारवटा डुंगा तयारी अवस्थामा

ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो। गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्‍याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो। त्यस्तै मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथको रथयात्रा समापन

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको सप्तपाताल पोखरीमा माछा छाडिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार, रथयात्रा सकिएपछि जावलाखेलमा भोटे जात्रा सम्पन्न भएपछि स्वर्गलोक र धर्तीलोकमा यस्तो धार्मिक अनुष्ठान सम्पन्न भएको सन्देश दिनुपर्ने जनविश्वास रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सम्झना राईको पहिचानः सर्प समाउँदै सामाजिक सन्देश दिँदै

सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन। तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१ मा बसोबास गर्छिन्। उनी एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्षदेखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेको उनी बताउँछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी, मोरङ

रक्सीको नशामा पछाडिबाट टाउकोमा हानिन् दाउ, मृत श्रीमानसँगै सुतिन् रातभर…!

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्रे गाउँमा २७ वर्षीया मेखमाया कुमालले आफ्नै श्रीमानको हत्या गरेकी छन्। बिहे गरेको ३ महिनामै उनले श्रीमानसँग मनमुटाव भएपछि धारिलो हतियार (दाउ)ले टाउकामा हाने ३८ वर्षीय पति रामुको हत्या गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहाँ–कहाँ छ वर्षाकाे सम्भावना?

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भिनाजुले गरे सालोको हत्या…

आफ्नै सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन्। रामेछाप नगरपालिका-४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। कोठामा एक्लै बसिरहेको अवस्थामा लबकुमारलाई भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

हैदराबादमा ‘लिभ इन रिलेसनसिप’मा रहेकी नेपाली महिलाको हत्या

भारतको तेलंगाना राज्यको हैदराबादमा लिभ इन रिलेसनसिपमा रहेकी एक ३३ वर्षीया नेपाली महिलाको हत्या भएको छ। सँगै बस्दै आएकी साथी तारा बोहराको हत्या आरोपमा भारतको प्रहरीले ३० वर्षीय नेपाली नागरिक विजय तोप्पा पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ताराको हत्या गरेर शव झोलामा राखिएको अवस्थामा जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

भित्ता फोडेर तीन घरमा चोरी, चोर खोज्दै प्रहरी…

रौतहटको गौर नगरपालिका-६ सबगढामा तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ। चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन्। प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराति तीन घरमा चोरी भएको देखिएको छ। तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘जिस्किएको’ भन्दै फलाम काट्ने ‘ग्रेन्डर’ले बालकको लिङ्ग काटिदिएपछि…

मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मा फलाम काट्ने ग्रेन्डरले एक सात वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको छ। जिस्किने क्रममा ग्रील पसल सञ्चालकले फलाम काट्ने ग्रेन्डर चलाउँदा बालक घाइते भएका हुन्। सोमबार बेलुका स्थानीय मही चौधरीको ग्रील पसलमा खेलिरहेका बेला सोही टोलका किरण चौधरीका छोरा घाइते भएका हुन्। प्रहरीले जनाएअनुसार ग्रेन्डरमा ब्लेड घुमाइरहेका बेला जिस्किने क्रममा बालकको लिङ्गमा चोट लागेको हो। घटनापछि बालकलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको लिङ्गको टुप्पोको भाग काटिएको छ र शल्यक्रिया गरिएको छ। पीडितको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

जब नवजात शिशुको शव कुकुरले मुखमा च्यापेर ल्यायो…

जुम्लाको हिम गाउँपालिका-१ आचार्यलिही गाउँमा शालनालसहितको एक नवजात शिशुको शव फेला परेको छ। सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको स्थानीय नन्दलाल आचार्यले बताए। कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

श्रीमतीको हत्या गरी पूजाकोठामा पुरेर फरार पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गत फागुन १७ गते दिउँसो ४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अंजली यादवमाथि कुटपिट गरेका थिए। त्यसयता उनी करिब ३/४ दिनदेखि घरमा ताला लगाएर सम्पर्कविहिन भएका थिए। श्रीमती नदेखेको र श्रीमान पनि ताला लगाएर हिँडेपछि स्थानीयलवासीले आशंका गर्दै प्रहरीमा खबर गरेका थिए। खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा, भुईंतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको ठाउँ भेटियो। उक्त स्थानमा खनेर हेर्दा करिब दुई फिट मुनिबाट नग्न अवस्थामा अंजली यादवको शव फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

पर्साको भगुवाबाट ८१ हजार ट्याब्लेट लागूऔषध बरामद

सशस्त्र प्रहरीले पर्साको विरगंजबाट अवैध लागुऔषध बरामद गरेको छ। विरगंज महानगरपालिका-२ भगुवास्थित सीमा इलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो। सशस्त्र प्रहरी बल नपाल नं. १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको सुरक्षा फौजले उक्त लागूऔषध बरामद गरेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिले भगुवा नाकास्थित सिर्सिया नदीको बाटो कार्टुनमा राखेर लागूऔषध ल्याउँदै गर्दा गस्तीमा रहेको सुरक्षा फौजलाई देख्ना साथै लागूऔषध छाडेर फरार भएका सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

गीत गाउँदा-गाउँदै प्रहरीले माइक खोसेपछि…

बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ शनिबार राति अनपेक्षित रुपमा स्थगित गरियो। जितपुर सिमरा उपमहानगरपालिका-२ मा भइरहेको महोत्सवमा राति ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि स्थगित गरिएको हो। इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए। भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक तान्दै र लाउडस्पीकरको तारसमेत खुस्काइदिएकी थिइन्। यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्न नपाइने भन्दै तत्काल रोक्न उनले निर्देशन दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिमरा, बारा

देउरानीको ‘बाउसो प्रहार’बाट घाइते दुर्गाको उपचारका क्रममा मृत्यु

मुगुको छायाँनाथ रारा नगरपालिका-१२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो। लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

पर्यटकको रोजाइमा विचित्र गुफा

यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी