बिएल संवाददाता
अछाममा आगलागी हुँदा दुई जना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो।
स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया