बिएल संवाददाता
चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्।
चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उनी सम्मानित भएका हुन्।
महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गरेका हुन्।
सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म र कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताए। चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया