बिएल संवाददाता
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ स्थित जरलहवा गाछी भन्ने गाउँमा भएको आगलागी नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् डिएसपी सन्तु जैसवारले ७ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए।
आगलागीबाट कति घर जले भन्ने एकिन तथ्यांक संकलन गर्ने काम भइरहेको छ। हालसम्म १०० बढी घर पूर्ण रुपमा जलेको अनुमान गरिएको छ।
अहिले आगलागी पीडितलाई राहत दिने काम भइरहेको छ। वडा नम्बर ६ का वडाध्यक्ष कलिम अंसारीले वडा कार्यालयबाट केही राहत वितरण गर्ने काम भइरहेको जानकारी दिए।
बुधबार दिउँसो ३ बजेबाट परालको कुन्युबाट आगो सुरु भएको देखिएको डिएसपी जैसवारले बताए। फुसको छाना भएका घर भएकाले आगाे नियन्त्रणमा लिन गाह्रो भएको थियो।
क्षेतिको विवरण अझै आइसकेको छैन। यसअघि नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागीबाट धेरै क्षेति भएको र सहयोग गरिदिन आग्रह गरेका थिए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया