बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन्।
सो पार्टीको हेटौँडामा आज बिहान सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको हो।
समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरले जनाएको छ।
समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन भएका छन्। अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया