बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।
समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए। उनले भने, ‘छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनपर्छ भन्ने मेरो मान्यता छ।’
त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी विक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवम् छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया