बिएल संवाददाता
बागमती प्रदेश सरकारद्वारा बागमती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ।
प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुर जिल्लामा एक लाख ९१ हजार नौ सय एक, चितवन जिल्लामा ८५ हजार १९, रामेछाप जिल्लामा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोक जिल्लामा ७५ हजार सात सय आठ, दोलखा जिल्लामा ९० हजार चार सय ४७, काठमाडाैँ जिल्लामा २२ हजार १४, ललितपुर जिल्लामा २४ हजार २५, भक्तपुर जिल्लामा नौ हजार एक सय ८५ तथा काभ्रे जिल्लामा एक लाख २७ हजार, नुवाकोट जिल्लामा ७४ हजार सात सय १९, रसुवा जिल्लामा १९ हजार आठ सय ३८ र धादिङ जिल्लामा एक लाख ६० हजार छ सय ३६, सिन्धुली जिल्लामा ५१ हजार दुई सय भेडाबाख्रामा पिपीआर रोग विरुद्ध खोप लगाइएको जनाइएको छ।
बागमती प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाइने मन्त्रालयको योजना छ। गत वर्ष मन्त्रालयले यही अभियानअन्र्तगत नौ लाख ७९ हजार एक सय ८७ भेडाबाख्रालाई पिपीआर विरुद्धको खोप लगाएको थियो। मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइ खोप लगाउने कार्य सुरु गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया