बिएल संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकिकृत समाजवादी (एस) पनि बाहिरिएको छ। बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने बिहीबार बिहान नेकपा एसले पनि लिएको हो।
नेकपा एसबाट आर्थिक मामिला मन्त्री बनेका नरेशकुमार शाहीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
‘झन्डै १४ महिना आर्थिक मामिला मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। बिदाइ भइरहँदा मेरा सम्पूर्ण मतदातालाई सम्झिन र धन्यवाद दिन चाहन्छु’, उनले समाजिक सञ्जालमार्फत भनेका छन्।
सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वको सरकार छ। नेकपा एस बाहिरिएसँग शाह अल्पमतमा परेका छन्। उनलार्य नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्यहरूको समर्थन बाँकी छ।
अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ। सरकार जोगाउन भने २७ जनाको समर्थन चाहिन्छ।
नागरिक उन्मुक्ति पार्टीले भने प्रदेश सरकारका विषयमा अहिलेसम्म कुनै निर्णय लिएको छैन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया