महेश चौलागाईं
जुम्ला अहिले रौनकमा छ। आइतबारदेखि सुरु भएको कर्णाली प्रदेशकै सबैभन्दा लामो र ठूलो कृष्ण जन्माष्टमी जात्राले यहाँको बजार र गल्लीहरू रंगीन बनाएका छन्। वि.सं. १९५३ सालदेखि निरन्तर चल्दै आएको यो परम्पराले जुम्लाको सांस्कृतिक धरोहरलाई जीवित राखेको छ।
भदौ कृष्ण प्रतिपदादेखि शुरु हुने यो जात्रा कृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्र अन्त्य हुन्छ। पहिलो दिन परम्परागत गाईजात्राबाट उत्सवको सुरुवात हुन्छ, जहाँ दिवंगत आफन्तहरूको सम्झनामा मानिसहरू गाईको रूपमा सिँगारिन्छन् वा साँच्चिकै गाईलाई खलंगाबजार परिक्रमा गराइन्छ।
इतिहासले भन्छ- लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र गुमाएर शोकमा डुबेकी रानीलाई सान्त्वना दिन यस्तो परम्परा सुरु गराएका थिए। पछि, रानीको मुटु हलुका पार्न हाँस्ने र रमाउने कार्यक्रम थपिँदै गए र यो आजको जात्रामा परिणत भयो।
पाँच दिनको यो उत्सवमा गाईजात्रापछि रोपाइँ जात्रा, सानो पल्टन, मिम बादशाह, ठूलो पल्टन र बाघ–भालु जात्राजस्ता रोचक कार्यक्रमहरू देख्न पाइन्छ।
भीडभाड र रमझमका बीच सुरक्षा पनि कडा बनाइएको छ। कर्णालीका पाँच जिल्ला जाजरकोट, दैलेख, कालिकोट, मुगु, सुर्खेतसम्मबाट मानिसहरूको आगमनले जुम्लाको अर्थतन्त्र पनि तातिएको व्यापारीहरू बताउँछन्।
यो जात्रा केवल उत्सव मात्र होइन, यो जुम्लाको इतिहास, संस्कृति र सामूहिक पहिचानको रंगीन झलक हो।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया