बिएल संवाददाता
किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको सिसेक्पा तङ्नाम-२०२५ विशेष कार्यक्रम सम्पन्न भएको छ।
गत आइतबार अमेरिका न्युयोर्कस्थित क्विन्स ब्रीड्ज पार्कमा सम्पन्न भएको कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए।
त्यस्तै आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सस्थापक अध्यक्ष श्याम मेन्याङ्बो कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अड्भाइजर मिस्नरी अफ नेपालका कर्णेल रोहित गुरुङ विशेष अतिथि रहेका थिए।
त्यसैगरी चलचित्र निर्देशक किशोर सुब्बा उद्यमि व्यावसायि तथा समाजसेवी केशवराम राई पूर्व एआईजी अमर नेम्वाङ नृत्य निर्देशक गोविन्द राई नेपाली कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्ती राईलगायत विशेष व्यक्तित्वहरूको उपस्थिती रहेको यस वर्षको सिसेक्पा तङ्नाम कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नेपालको पुर्व उपाध्यक्ष लिला सिङगक तुम्याहाङ प्रेम मेन्याङ्बो शिव लाबुङको नेतृत्वमा धान नाच के लाङ प्रस्तुत भएको थियो।
कार्यक्रममा नेपाललगायत अमेरिकाको अन्य स्टेटबाट आएका लिम्बू दाजुभाइ तथा दिदिबहिनीहरूलाई प्रमुख अतिथिबाट खादा ओढाई सम्मान गरिएको थियो भने बिङ्गो, छेलो, डोरी तान्ने लगायतका खेलहरू भएका थिए।
उक्त कार्यक्रममा कलाकार नवीना लिम्बू र सनाया थापाको बेजोड नृत्य प्रस्तुति रहेको थियो। प्रमुख अतिथि दधिराम भन्डारीले लिम्बू जातिको सिसेक्पा तङ्नाम जस्तै अन्य जातिहरुको पनि विशेष पर्वहरू मनाउनु आवश्यक छ र यसका लागि महावाणिज्यदूतावासको तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
त्यस्तै कार्यक्रमका सभापति तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अध्यक्ष पुरन पयाङ्गु लिम्बुले आफ्नो सस्कार, सँस्कृती, चाडपर्व आदिको प्रवर्द्धन गर्दै भावी पुस्ताहरूलाई पुस्ता हस्तान्तरणका लागि सिसेक्पा तङ्नाम जस्तो पर्वहरूको विशेष कार्यक्रम गर्नु आवश्यक रहेको बताए।
लिम्बू तथा गैर लिम्बुहरूको उल्लेख्य उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङ्नाम विशेष कार्यक्रम सस्थाका अध्यक्ष पुरन पयाङ्गु लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया