मङ्गलबार, २५ अगस्ट २०२६

नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिँदैन: प्रधानमन्त्री

जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन: नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै उनले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक: प्रचण्ड

ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठुलो भूमिका खेलेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको १९ बुँदे मागपत्र

शुक्रबार प्रधानमन्त्री कार्यलयमा उनले विस्तृत शान्तिसम्झौता र नेपालको संविधानको मर्म र भावनाअनुसार बृहत्तर राष्ट्रिय सहमतिका आधारमा शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याइ द्वन्द्वपीडितहरूका माग पूरा गराउन अनुरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पलेशालाई कर नकटाइ ६५ लाख पुरस्कार दिने ओलीकाे घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगामी निर्वाचन एक्लै लड्ने एमालेकाे निचोड

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ। बुधबार पोलिट्ब्युरो बैठकपछि एमालेले पनि बैसाखी नटेक्ने गरी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको हो। बुधबार पोलिट्ब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अहिले कुनै वामपन्थी मोर्चा बन्दैन। त्यो दिशामा फर्केर हेरेका छैनौँ, एमाले एक्लै आफ्नो नीति तथा कार्यक्रमको आधार बोकेर हिजो पनि चुनाव लडेको हो। आज पनि एक्लै चुनाव लड्छौँ। कसैको बैसाखी टेक्दैनौँ भन्ने कुरा उठेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै न्याय परिषद्, प्रधान न्यायाधीश र संवैधानिक परिषदसहितका विपक्षीको नाममा परमादेश जारी गरेको हो। इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि सिफारिस गर्न र उच्च तथा जिल्ला अदालतको हकमा कानुनले तोकेको अवधिभित्रै नियुक्त गर्न भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले दिएको कर्मचारीले निर्देशन मान्नुपर्छ: देउवा

उनले भने, ‘हिजो को कुन पार्टीमा थियो, आज कुन पार्टीमा छ भन्ने कुरा होइन। कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला। जुन पार्टीप्रति आस्था राख्ने भएपनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ। कर्मचारीले असहयोग गर्यो भने सरकारले गर्नुपर्ने काम हुँदैन। त्यसकारण यसमा सबै पार्टी समर्थित कर्मचारी भएतापनि सरकारको निर्णय लागू गर्ने काम उनीहरुको कर्तव्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले पोलिटब्युरो बैठक बस्दै

नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ। मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘युवा विद्राेह’ले स्वाँट्टै घटायाे ओलीकाे फलाेअर्स, बचाउमा उत्रिए एमाले महासचिव पाेखरेल

युवाहरुले मंगलबार साँझदेखि अनफलाे अभियान चलाएका थिए। अभियान चलाएकाे केही घण्टामा नै अर्थात् बुधबार बिहान ८ बजेसम्म ६० हजारले प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलाे गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी नेता देव गुरुङले भने– एमसीसी खारेज गर्न नसकेमा नेपाल दोस्रो युक्रेन बन्छ

मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्धारा  आयोजित एमसीसी, एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीको खारेज गर्न नसकेमा नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दीपक मनाङेको राजीनामा स्वीकृत

रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ। सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

रुस उडे माधव

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागी हुन अध्यक्ष आइतबार राती ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देउवा र विश्वप्रकाशबीच भनाभन, देउवाले भने- तपाईंले भने म प्रधानमन्त्री नहुने हो?

‘अहिले काँग्रेसले गठबन्धन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीज्युको नेतृत्वको सरकारलाई सघाउनुपर्छ’ त्यसपछि शर्मा अरु छ जना नेताको नाम लिँदै देउवालाई भनेका थिए ‘त्यसपछि तपाईं प्रधानमन्त्री बन्नु हुन्न। तपाईंले त्याग गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

आज अर्थसहित ४ संसदीय समितिको बैठक बस्दै

आइतबार प्रतिनिधि र राष्ट्रि सभाका चार समितिको बैठक बस्दै छ। आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ र शिक्षा समिति, राष्ट्रिय सभा अन्तर्गतको विधायान व्यवस्था समितिको बैठक बस्न लागेको हो भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेस बैठक: दुवै महामन्त्रीका प्रस्तावहरू संशोधन गरेर अनुमोदनको तयारी

दिउँसो १ बजेसम्ममा दुई महामन्त्रीका प्रस्तावहरूमा सहमति जुटेपछि ३ बजेको बस्ने केन्द्रीय समितिको बैठकले ती प्रस्तावहरू अनुमोदन गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डलाई ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगन-विश्वप्रकाशकाे प्रस्तावमा सहमत भएनन् देउवा, आइतबार पुन: छलफल हुने

सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे बूढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन। अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरि छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामीले सुरु गरेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो: प्रचण्ड

‘उच्चस्तरबाट अघि बढाइएको भ्रष्टाचारविरुद्धको सरकारी अभियान अहिलेसम्मकै पहिलो हो’, अध्यक्ष प्रचण्डले भने, ‘सबै खालका भ्रष्टाचारको फाइल खोल्दै ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय थिएन।’

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

भ्रष्टाचारलाई सामसुस पार्ने खेल भइरहेकाे छ, सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत