मङ्गलबार, २५ अगस्ट २०२६

अर्थसहित सातवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचविालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अनुगमन तथा मूल्यांकन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।  अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। त्यसका लागि बिहान नौ बजे बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक बिहीबार बस्दैछ।  काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्ने बैठकको बिहान साढे ९ बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नेछन्।  ३४ वर्षको इतिहासमा केन्द्रीय सल्लाहकार समितिको बैठक पहिलो चोटि बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि प्रस्तावित राजदूतहरूको सुनुवाइ

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ।  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने उजुरीकर्ताहरुसँग छलफल गर्ने भएको हो।  समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ देखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टिआरसी विधेयक : अमेरिकासहित ९ देशले गरे स्वागत

नेपालको संक्रमणकालीन न्याय सम्बन्धि (टिआरसी) विधेयक प्रमाणीकरण भएकोमा अमेरिकासहित ९ देशले स्वागत गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, मेराे सम्भावना छैन: परराष्ट्रमन्त्री राणा

कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको भन्दै मन्त्री राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएकी हुन्। केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलमर्दन कामीको नेतृत्वमा आमूल परिवर्तन नागरिक पार्टी घोषणा

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा यहि भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरी दुई पार्टीबीच एकता घाेषणा गरिएकाे हाे। घाेषित पार्टीकाे नाम आमूल परिवर्तन नागरिक पार्टी रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ।  दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।  बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ।  यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले  सचिवालय बैठकको एजेन्डा तय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विवादित नियमावली अनुसार न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै ‘बार’को आपत्ति

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्यायाधीश नियुक्त नगर्न ध्यानाकर्षण पनि गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी हुन् नेकपा एसका निर्वाचित पदाधिकारी (सूचीसहित)

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु: अध्यक्ष:  १.माधवकुमार नेपाल सम्मानित नेता:  २. झलनाथ खनाल वरिष्ठ उपाध्यक्ष:  ३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत) उपाध्यक्षहरु  ४. जयन्ती राइ (पूर्वउपाध्यक्ष) ५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष) ६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव) ७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव) ८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव) ९. भानुभक्त जोशी  महासचिव:  १०. घनश्याम भुसाल उपमहासचिव   ११.  गरिमा शाह (निवर्तमान सचिव) १२.  राजेन्द्र राई (निवर्तमान सचिव) १३.  मेटमणि चौधरी  १४.  रामकुमार भट्टराई  समावेशी सचिव       १५. क. बलदेव चौधरी  १६. क. गणेश विक  खुला सचिव १७.  शेरबहादुर कुँवर  १८. चन्द्र बहादुर शाही  १८. सोम प्रसाद पाण्डे  १९. सावित्री भुसाल  २०. श्रीनाथ बराल

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टुँडिखेलको घटना सामान्य होइन, नेताहरु नसुध्रिए हावा हुण्डरीले उडाउँछ: सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ: प्रधानमन्त्री

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमायो: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपचुनावमा हाम्रो पार्टीको परीक्षा हुनेछ: अध्यक्ष नेपाल

आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं