बिएल संवाददाता
— पुरुषोत्तम पौडेल
सिद्धान्तलाई जीवनसँग जोड्ने हाम्रो अठोट हो! जीवनलाई सार्थक बनाउन यसका सबै सम्भावनाहरूको ढोका खोल्ने हाम्रो सिद्धान्तको रहस्य हो। जीवन र सिद्धान्तका बीचको अन्तर सम्वन्धलाई उजागर गर्नु र सिद्धान्तका निम्ति जीवन होईन, जीवनका निम्ति सिद्धान्तको प्रयोग गरेर देखाउनु नै आजको सही मार्क्सवाद हो। अनी मार्क्सवाद समाजलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र त्यसलाई बदल्ने अठोट बोकेको जिउँदौ जाग्दो सिद्धान्त हो।
नेपालको सन्दर्भमा मार्क्सवादको सही प्रयोग गर्नु नेकपा एमालेको दायित्व र जिम्वेवारी हो। नेपाली समाजको परिवर्तनमा हामीले एउटा नयाँ मिसाल कायम गरेका छौं। अब यसको रूपान्तरणमा पनि नयाँ प्रयोग आवश्यक छ। जननेता कमरेड मदन भण्डारीले’ मार्क्सवाद नक्कल गर्ने सिद्धान्त होईन। यो त सिर्जनात्मक प्रयोग गर्ने वैचारीक हतियार हो’ भन्नु भएको थियो।
रूस चीन या कोरियाले के गरे हामी पनि त्यहि गर्दछौं भनेर सार्ने कथा मार्क्सवाद होईन। क्यूवा भियतनाममा कसरी क्रान्ति भयो हामीले त्यसै गरी गर्नुपर्छ भनेर अभिनय गर्ने व्यथा पनि होईन। अर्थात मार्क्सवाद कुनै लकीरका फकीर पनि होईन। यो त समाजलाई परिवर्तन गर्ने सिर्जनात्मक औजार हो।
मदन कमरेडले मार्क्सवादको सिर्जनात्मक प्रयोगको कुरा उठाउनु भयो र आजका सबै कम्युनिष्टहरूले समेत आफूलाई युग अनुकुल सजाउनु पर्ने सवाल अघि सार्नु भयो। रियलमा के हो त मार्क्सवादको सिर्जनात्मक प्रयोग? मार्क्सवादमा सिर्जनात्मकता कसरी आउछ? हाम्रो वहस अब यता केन्द्रीत गरियो भने सुन्दर हुन्छ।
हामीले राजतन्त्र ढाली दियौं। हामीले सामन्तवादलाई धुलो चटायौं। हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं। अनि हामीले समाजवाद उन्मुख संविधान निर्माण गरेर जारी गरेको पनि १० वर्ष भयो। अब आजसम्मको समिक्षा गरिनु पर्दछ र हाम्रो भावी लक्ष्य, उदेश्य र कार्यक्रम के हुने? हाम्रो उदेश्य प्राप्तिको कार्यनीति के हुने? हाम्रो कार्यक्रमको स्वरूप कस्तो हुने? यस्ता वैचारिक राजनैतिक विषयहरूमा वहसलाई केन्द्रित गरेर सकारात्मक निष्कर्षमा पुर्याएर नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिनु पर्दछ।
कमरेड मदन भण्डारीले सामन्तवाद र साम्राजयवाद विरोधी कार्यक्रमको रूपमा जवजलाई अघि सार्नु भएको हो। अर्थात हाम्रो समाजको आर्थिक सामाजिक ढाँचामा अहिले पनि सामन्ती र दलाल पुजीपतिहरूको हातमा छ। यस्तो आर्थिक सामाजिक ढांचा भएको मुलुकमा कम्युनिष्ट पार्टीहरूले अबको दिनमा परम्परागत ढंगले अघि सार्ने गरेको नयाँ जनवादी क्रान्तिको ढाँचा शान्तिपूर्ण ढंगले प्राप्त गर्नु सम्भव छैन। त्यसैले नौलो जनवादी कार्यक्रमको सिर्जनात्मक संस्करणको रूपमा बहुदलीय जनवादलाई अघि सार्नु भएको हो।
यस्तो यथार्थ सत्यलाई हामीले आत्मसात गर्नैपर्दछ र अहिले सामन्तवाद ढलिसकेको, सामन्तवादको नाईके राजतन्त्र मरिसकेको अनि दलाल पुजीपतिहरूको चकचकी बढिरहेको अवस्थामा जनताको बहुदलीय जनवादलाई समय सापेक्ष सिर्जनात्मक व्याख्या गरिनु र समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नु आवश्यक छ।
हामीले पार्टीको नवौं महाधिवेशनबाट २०६२\०६३ मा महान क्रान्ति सम्पन्न गरेको कुरालाई स्वीकार गरेका छौं। ०६२/०६३ को क्रान्तिमार्फत हामीले नयाँ जनवाद या जनताको बहुदलीय जनवादी कार्यभार एक स्तरसम्म पूरा गरेर अघि बढिरहेका छौं। त्यसो भएको हुनाले हामीले सोही महाधिवेशनबाट समाजवाद निर्माणको दिशामा अग्रसर हुने कुरा समेत अघि सारेको छौं। हामीले जारी गरेको संविधान मै समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था निर्माण गर्ने कुरा स्पष्ट गरेका छौं। यसको मतलव यो हो की हामी अब जनवादी क्रान्तिको युग पार गरेर समाजवादी रूपान्तरणको युगमा प्रवेश गरी सकेका छौं। यो हाम्रो वास्तविकता हो।
कतिपय वेलामा हामी भावनामा बग्छौं। भावुक हुन्छौं र वास्तविकता स्वीकार गर्न सक्दैनौ। अहिले हामीलाई त्यस्तै भईरहेको छ। हाम्रो वास्तविकता एउटा छ। समयले नयाँ कुराको माग गरिरहेको छ। हाम्रो भावना चाहीँ अन्तै बगिरहेको छ। यस्तोमा हामीले वस्तुनिष्ट भएर सोच्नु र मनन गर्नु जरूरी हुन्छ।
मार्क्सवादी सिद्धान्त देश र जनतामा पूर्ण समर्पित सिद्धान्त हो। अझ मार्क्सवाद विशेष गरी जनतामा समर्पित सिद्धान्त हो। यसले जनताको मुक्तिको कुरा गर्छ। सर्वहारा श्रमजीवी वर्गको सत्ताको कुरा गर्छ। यसले सर्वहारा अन्तर्राष्ट्रियतावादको पनि वकालत गर्छ। आजको दुनियामा निठ्ठा मार्क्सवादको वकालत गर्नु या परम्परागत मार्क्सवादलाई व्यवहारमा उतार्छु भन्नु नितान्त आदर्शको कुरा मात्र हो।
त्यसो भएकोले नै होला मदन भण्डारीले सिर्जनात्मक प्रयोगको कुरा अघि सार्नु भयो। यस सन्दर्भमा पनि हामीले ठोस परिस्थितिको सही विश्लेषण गरेर सही गन्तव्य पहिचान गर्नु आवश्यक हुन्छ।
हामीले हाम्रो विगतको अनुभव, वर्तमानको गम्भीर विश्लेषणको आधारमा भविष्यको अनुमान गर्नुपर्दछ। कि हाम्रो अबको सही गन्तव्य कता हो? यहाँ हामीले कमरेड मदन भण्डारीले अघि सार्नु भएको यो शन्दर्भलाई पनि हेरौ। २०औं शताब्दीको अन्ततिर संसार भरी कम्युनिस्ट आन्दोलन रक्षात्मक भईरहेको, कतिपय देशमा कम्युनिस्ट आन्दोलन विघटन तिर गईरहेको अनी धेरै देशका कम्युनिस्ट पार्टीहरूले नाम परिवर्तन गरी आफूलाई समाजवादी पार्टीमा रूपान्तरण गरिरहेको अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीलाई पुनर्जीवन दिन मार्क्सवादको सिर्जनात्मक प्रयोगको कुरा अघि सारेर जनताको बहुदलीय जनवादी कार्यक्रममा १४ विशेषताहरू थप गर्नु भएको थियो।
त्यसले कम्युनिस्टहरू झन लोकतान्त्रिक हुन्छन्। कम्युनिस्टहरू देशभक्त हुन्छन। कम्युनिस्टहरू मानव अधिकार प्रेमी हुन्छन् अनी कम्युनिस्टहरू एकदलीय तानाशाही होईन वहुलवादी हुन्छन् र व्यवहारीक जनवादी हुन्छन् भन्नेकुराका साथै कम्युनिस्टहरू न्याय समानता र जनताका सरोकारहरूका प्रतिनिधि हुन्छन् भन्ने कुरा समेत स्थापित गर्यो। नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ आशा, भरोसा- विस्वासको जागरण पैदा भयो। यसैका आधारमा कम्युनिष्ट पार्टी लोकप्रीय र जनव्यापी समेत भएको हो।
यसै पृष्ठभूमिमा जनताबाट निरन्तर अनुमोदित भएर आउने कम्युनिस्ट प्रतिनिधि, तथा कार्यकर्ताबाट अनुमोदित हुने पार्टी नेताले मात्र सहीमा देशको नेतृत्व र जनताको जीम्मेवारी पूरा गर्नसक्छ। जनताबाट निरन्तर अनुमोदित हुन दलीय प्रतिस्पर्धामा जाने र कार्यकर्ताबीचमा अनुमोदित हुन पार्टीको आन्तरिक प्रतीस्पर्धालाई निरन्तर व्यवस्थित गरी लोकतान्त्रिक विधिबाट अघि बढ्ने तरिकालाई स्वीकार गरिएको कुरा स्वतः स्पष्ट छ।
विचारमा बहुलवादलाई स्वीकार गर्ने, दलीय प्रतिस्पर्धालाई अपनाउने तर व्यवहारमा प्रसंसा र आत्मवन्चनामा रमाउने प्रवृत्ति हामीमा अहिले पनि व्याप्त छ। विचारमा २१औं शताव्दीको लोकतंत्रको कुरा गर्ने व्यवहारमा सामन्ती सोचबाट अलिकति पनि बाहिर आउन नसक्ने संस्कार हामीबीच छँदैछ। मदन भण्डारीले अघि सार्नु भएको बहुलवाद र मार्क्सवादको सिर्जनात्मक प्रयोगको अर्थ यो थिएन। अनि मदन भण्डारीले अघि सार्नु भएको बहुदलीय जनवाद क्रान्तिपछि र समाजवाद निर्माणको क्रममा पनि निरन्तर कायम रहन्छ भन्ने कुरा पनि होईन। वहाले जनताको बहुदलीय जनवादलाई त सामन्तवाद साम्राज्यवाद विरूद्ध जनताको क्रान्तिको हतियारको रूपमा अघिसार्नु भएको हो।
यो खास युगको कार्यक्रम नै हो, न कि सर्वकालिक।
मार्क्सवाद लकीरका फकीर होईन कि, यसलाई सर्वत बनाएर पिउन सकिन्छ। या यसको हुबहु नक्कल गर्न सकिन्छ। मार्क्सवाद त आफैं ईतिहास र भौतिक विकासका तथ्य र अनुभवहरूको सच्चाईको सार हो। जो निरन्तर विकाश भईरहन्छ। जसको सामाजिक विशेषता अनुरूप सिर्जनात्मक प्रयोग गर्नु पर्दछ भनेर नवीन विचार अघि सार्नु भएको स्वयं कमरेड मदन भण्डारीले हो। यस्ता नवीन विचारक कमरेड मदन कुमार भण्डारीका विचारलाई पनि हामीले समय सापेक्ष सिर्जनात्मक ढंगले नै वुझ्नु र व्यवहारमा उतार्नु उचित हुन्छ।
जुन निष्कर्ष स्वयं जननेता मदनकुमार भण्डारीको हो। तसर्थः अहिले नेपाल कम्युनिस्ट पार्टी एमालेले एकता र संघर्षको सिद्धान्त अनुसार अघि बढ्नु पर्दछ र नेपाली कम्युनिष्ट आन्दोलनलाई परिवर्तनकारी दिशामा लानु पर्छ।
साथै जनताको ‘सुखी नेपाली सम्वृध्द नेपाल’को चहाना पूरा गर्ने दिशामा लैजान पार्टीमा पुनर्गठन र पुनर्संरचना गर्नसमेत तयार हुनु पर्दछ। हामीले जननेता कमरेड मदन भण्डारीकै विश्लेषणका आलोकमा सबै विषयमा व्यापक छलफल र बहसको माध्यमबाट जबजको सिर्जनात्मक प्रयोग गरेर अघि बढ्नु सर्वथा सही हुन्छ। र यो नै आजको युगको माग पनि हो। जय होस !!!
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया