शुक्रबार, १४ नोभेम्बर २०२५

ढोरपाटनको पाखुट्टेदेखि बायखोला–झिम्पा जोड्ने सडक स्तरोन्नति

निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ। विसं २०७३ मा साबिक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो। चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाखले सडकको स्तरोन्नति भएको हो। लोकमार्गको वैकल्पिक सडकका रूपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ। करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कस्ताे होला आजकाे माैसम?

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अन्तरजातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरले गर्‍याे सम्मान

आइतबार आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी हाे: उपप्रधानमन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

केदारनाथ मन्दिरमा मासु बेच्दाबेच्दै पक्राउ परे रोल्पाका किरण

मन्दिर वरपरका सर्वसाधारणसहित स्थानीय विपुल धर्मवाण र दर्जनौँ तीर्थालुले ७ जुनमा किरणविरुद्ध प्रहरी प्रशासनमा लिखित उजुरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा पक्राउ गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसाे नयाँदिल्ली गएका हुन्। उनलाई नयाँदिल्ली विमानस्थलमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकामा ८ लाख बढी सवारीचालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीकाे झोलुङ्गे पुलमा अड्किएका ११ खच्चडको जीवितै उद्धार, २ वटाकाे मृत्यु

आइतबार बिहान अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६  खिड्किजिउला जोडने पुलको लट्ठा चुँडिएर १३ वटा खच्चडकाे बीच भागमै अड्किएका थियाे। खुट्टा पुरै पुलको जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन सकेका थिएनन्। ती खच्चडकाे पाँच घन्टापछि इलाका प्रहरी कालेकाडाले उद्धार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै

त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी रघुवीर महासेठलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनसंख्या घटेपछि जापानले सुरु गर्‍याे डेटिङ एप

अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो। यसका लागि सरकारले डेटिङ एप सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लठ्ठा चुँडिदा पुलमा फसेका १२ मध्ये दुई वटा खच्चर नदीमा खसे, बाँच्ने सम्भावना कति?

कर्णाली नदीमाथि बनाइएको झोलुङ्गे पुलका लठ्ठा चुँडिदा पुलमाथि अड्किएका १२ वटा खच्चरमध्ये २ वटा नदीमा खसेका छन्। यो समाचार तयार पर्दा (१२:30)सम्म   नदीमा खसेका २ वटा खच्चरमध्ये एउटा सुरक्षित ठाउँमा उत्रिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तराईमा अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध

विभागले भनेको छ, ‘तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियाे, १४ वटा खच्चड पुलमै फसे (भिडियाे)

दैलेखमा कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्। दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चर दुई घण्टादेखि फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवको रिटमाथि आज पनि सुनुवाइ हुँदै

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाइ हुँदैछ। यो रिट शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकार गठनविरुद्धको रिट पूर्ण इजलासमा

पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइमा यस रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोहीअनुसार आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले यो मुद्धाको सुनुवाइ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरमा विद्यार्थीले गरे प्रदेश योजना आयोगको गाडीमा आगजनी

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। साेही विरोधमा आन्दोलनरत विद्यार्थीले आयोगको गाडीमा ढुंगामुढुा गरी आगजनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आँबुखैरेनी–मुग्लिन सडक आज चार घण्टा बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ