बुधबार, ०३ जुन २०२६

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विदेशी नागरिकसहित तीन जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आशाका अन्तिम ‘किस्ता’

अलिअलि बाँकी रहेको आशसँगै १८ वर्षसम्म पर्खाइको पीडा कस्तो हुँदो होला? जनयुद्धमा आफन्त गुमाएका अनि हराएका आफ्नाहरूको बारेमा कुनै समाचारै नसुनेकाहरूसँगको यसको जवाफ आँशुमात्रै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत पाएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ जना सांसदले मत दिएका थिए।  १ जना भने तटस्थमा बसे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीपहिरोमा परी हालसम्म १७४ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७४ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खरेलकाे उजुरीपछि कुलमानले भने- मलाई कमजोर बनाउन केही व्यक्ति सुनियोजित रूपमा लागे

‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन्’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदबाट पारित

बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएका थिए: माधव नेपाल

अध्यक्ष नेपालले माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्याे’

उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने राजाको योगदान छैन? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक बहुदलीय न्यायको सिद्धान्तविपरीत छ: अधिवक्ता बस्नेत

उनले भने, ‘हाम्रो माग भनेको गम्भीर मानव अधिकार उल्लंघन र सामान्य मानव अधिकार उल्लंघन भन्ने बुँदामा गम्भीर र सामान्य छुट्टाउनु हुदैँन्। मानव अधिकार उल्लंघन भनेको गम्भीर नै हो यसमा सबै पर्छ। गम्भीर कुरालाई पनि सामान्य हो भनेर राखेर हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी जनयुद्धलाई अनेक शब्द भनेकोप्रति प्रचण्डले गराए संसदको ध्यानाकर्षण

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै प्रचण्डले शान्ति सम्झौतामा माओवादी जनयुद्धका नाममा सबै दलले सहमति गरेको र त्यस सहमतिविपरीत अहिले अन्य दलहरूले अनेक नाममा युद्धलाई व्याख्या गरिएकोप्रति संसदको ध्यानाकर्षण गरएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वसामु उदाहरणीय हुनसक्छ: देउवा (सम्बोधनकाे पूर्णपाठ)

उनले भने, ‘उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरु आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ। नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेका नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय हुन सक्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसीमा सहमति शान्तिका पक्षधरहरुका लागि खुसीको विषय हाे: प्रधानमन्त्री

‘हाम्रो देशमा द्वन्द्व थियो। हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ। यो प्रक्रिया हाम्रो आफ्नै हिसााबको मौलिक (होम ग्रोन) हो। कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ। हामीले दुनियाँका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ। द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

द्वन्द्वपीडितले छोटो अवधिमा न्याय पाउने गरी काम हुन्छ: प्रधानमन्त्री

बुधबारको बैठकमा टिआरसी विध्यक पास गर्ने तयारी गरिएको छ। ‘संसदले विधेयक आज पास गर्ला। त्यसपछि आयोग बन्नेछ र आयोगले पीडितले छिटो यो आफ्नो काम टुंग्याउने छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक: टीआरसी विधेयकमाथि शीर्ष नेताहरुकाे सम्बोधन (लाइभ)

आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित गरिने कार्यसूची रहेकाे छ। त्यसअघि राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा वृद्धको हत्या, धान खेतमा भेटियाे शव

गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

राजश्व वृद्धिको निर्णयविरुद्ध उपमहानगरको गेटमा व्यवसायीको धर्ना

अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुनेगरी विज्ञापान करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उत्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिट संवैधानिक इजलासमा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा  प्रधानमन्त्री नियुक्तिविरुद्धकाे रिटको पेशी तोकिएको हाे। संवैधानिक इजलासमा प्रधानन्यायाधीश श्रेष्ठसँगै न्यायाधीशहरू  प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण नदीमा बढ्यो पानीकाे बहाव, सर्तकता अपनाउन आग्रह

अविरल वर्षासँगै अरुण नदीमा पानीकाे बहाव बढेको छ। नदीकाे जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा