शुक्रबार, १४ नोभेम्बर २०२५

गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे मन्त्री बन्दै

माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

लागु औषधसहित बाराका दुई युवक भारतमा पक्राउ

ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ। भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर (सीमा स्तम्भ) नजिकै बाट सोमबार लागुऔषध सहित पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन बिहानैदेखि

राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो। कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो। परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ। आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए। रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ। ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ। तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ। दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो। ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यस गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन्। मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरुमात्रै छन्। परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

आजकाे माैसमः यी ठाउँमा हुनेछ वर्षा

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परजीवी नियन्त्रणका लागि महानगरद्वारा निःशुल्क औषधि वितरण

विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ। महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा लू’काे खतरा बढ्याे, अतिआवश्यकबाहेक घरबाहिर ननिस्कन सुझाव

भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु)का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अतिआवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टाेलीले श्रेष्ठसहित ८ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सीआईबीको प्रतिवेदनको झिकाउने आदेश

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो। संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल जेनेभा जाँदै

उनले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल भित्रियाे यस वर्षको मनसुन

सरदर मितिभन्दा ३ दिन छिटो गरी यस वर्षको मनसुन नेपालमा प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशङ्करबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम सरकारमा जाने एमाले र माओवादीकाे तयारी, भागबण्डा मिलाउ मन्त्रालय फुटाइँदै

सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ। संविधानमा रहेको प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

वैदेशिक रोजगारमा गएका श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गर्नुपर्छ : साह

‘लाखौँ लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ। ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ। विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ। असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’, साहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै दायर भएकाे रिट न्यायाधीशद्वय शर्मा र श्रेष्ठको इजलासमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो।  अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा रगत पाउनै मुस्किल

भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त संकलन कार्यक्रम आयोजना गर्‍याे। स्थानीय श्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए। गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो। अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन। केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए। केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०मा पुगेर रगत संकलन गर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन