बिएल संवाददाता
देशभर डेंगी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ। सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ।
डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। काठमाडौँमा डेंगी सङ्क्रमणबाट हालसम्म ३ हजार १ सय ३ जना प्रभावित बनेका छन्।
यस्तै कास्कीमा २ हजार ८ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ। भने, तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।
वि.सं. २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो।
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ। भने, तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया