शुक्रबार, १४ नोभेम्बर २०२५

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

नेपालमा १० लाख बढी बालबालिका बालश्रममा

बालश्रममा संलग्न हुनुको कारण आर्थिक कठिनाइसँगै अन्य कारणहरू पनि रहेको दूतावासले जनाएकाे छ। अमेरिकी सरकारले नेपालमा बालबालिकालगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगलागीपीडितलाई राहत उपलब्ध गराउन र विपद्को पूर्वतयारीमा जुट्न सांसदकाे माग

सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषाधाम-१ का वडाध्यक्षको निधन

क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

तराईमा तापक्रम निरन्तर बढ्दै, विद्यालयकाे पठनपाठन प्रभावित

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

नारायणगढ–मुग्लिन सडककाे २५ ठाउँमा पहिरोको जोखिम

सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

काठमाडौँ उपत्यकामा कहिले भित्रिन्छ मनसुन ?

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ। वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

ग्दी जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

‘सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्तो छ आजको मौसम ?

नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक सुरक्षा कोषअन्तर्गतकाे स्वास्थ्य सेवा दिँदै मेघा अस्पताल

विभिन्न रोगहरूको उपचार गर्दै आइरहेको मेघा अस्पतालले पूरै शरीर चेकअपका लागि अफर ल्याएको छ। सोही अफर अन्तर्गत मेघाले उपचारमा ५० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३० करोड भ्रष्टाचारको आरोपमा बागमतीका मेयरविरुद्ध आरोप पत्र दायर

अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्ष सुरु

सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको काेर्ष हो। यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सांसदको गुनासाे– हामी संसद्मा जनजीविकाबारे बोल्छौँ तर सरकारले सुनुवाइ गर्दैन

राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश पठाइदिने भन्दै ३०० जनाबाट १५ करोड ठगी गर्ने समूह पक्राउ

फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि युरोप पठाउने आश्वासन देखाउँदै ठग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँका विद्यार्थीका दुःख- खेल मैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल

काठमाडौँ महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो। विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरु गर्नुपर्नेमा उनीहरुसँग खेलमैदान भने छैन। विद्यालयमा उनीहरु खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुःखसुख साट्न ज्येष्ठ नागरिकलाई प्रतिक्षालय

‘ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्’, प्रशासकीय अधिकृत पौडेलले भने, ‘उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ। ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गिरीबन्धुको फाइल कहिले खाेलिन्छ?

सांसद शाहीले गिरी बन्धु, वाइडबडी, फोर जी, मेलम्ची, टेरामेक्स फाइल कहिले खुल्छ भन्दै प्रश्न गरेका छन्। उनले जीबी राई ठुलो कि सरकार ठुलो भन्दै अहिले जीबी राई ठुलो देखिएको बताउँदै उनले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको आरोप लगाए। उनले जीबी राईलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं