बिएल संवाददाता
डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन्।
शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।
डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन्। घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ। पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीले बताएको छ। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्।
डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए। ‘जबरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्छ तर त्यो अहिले नै केही खुलेको छैन,’ जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने।
१४ वर्षीया किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन्। प्रहरीकाअनुसार भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि थियो, पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन्। हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारी फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया