बिएल संवाददाता
इजरायलले गाजामा आक्रमण गरिरहँदा हिज्बुल्लाहले इजरायली सैनिक क्याम्पमा आक्रमण गरेको छ। आकाशमै क्षेप्यास्त्रहरू निष्क्रिय पार्ने प्रतिरक्षा प्रणालीलाई छल्दै हिज्बुल्लाहले सैनिक शिविरमाथि आक्रमण गर्दा कम्तीमा ४ जना सैनिक मारिएको सञ्चार माध्यमहरूले जनाएका छन्।
गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा १५ जनाको मृत्यु भएको छ। विस्थापित भएका प्यालेस्टानी नागरिकले आश्रयका रुपमा प्रयोग गरेको एउटा विद्यालयमाथि भएको त्यो आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन्।
लेबनानी लडाकु समूह हिज्बुल्लाहले ड्रोन आक्रमण गरेको इजरायली डिफेन्स फोर्सेसले जनाएको छ।
यसबीचमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्ना शान्ति सैनिकहरू तत्काल हटाउन संयुक्त राष्ट्रसंघलाई चेतावनी दिएका छन्। दक्षिणी लेबनानमा नेपालका तर्फबाट कैयौ शान्ति सैनिकहरू खटिएका छन्। विभिन्न देशका संयुक्त शान्ति सैनिकमा खटिएकामध्ये केही घाइते भएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया