शुक्रबार, १४ नोभेम्बर २०२५

को बसिदिने गाउँमा?

गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही  डाक्टर पनि भए। अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

‘सङ्घले विकासका काममा स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावनाविपरीत’

बैठकमा सांसद डा वीरेन्द्रप्रसाद महतोले सिरहाको मिर्चैया बजारमा कमलादेखि विराटनगरसम्म पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा सडक बिग्रिएको जानकारी गराउँदै तत्काल मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेनपावरले लिएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै आईटी आर्मीले विभाग घेराउ गर्ने

‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ’, साहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरी चाहिन खाद्यन्न पनि यहीँ भण्डार गर्न थालेका छन्। पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन्। यो सबै सुविधा सडकले दिलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

यस वर्षको मनसुनबाट झापामा ४२ हजार मानिस प्रभावित हुने प्रक्षेपण

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन्। जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ। उक्त अनुमानअनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबीच शिष्टाचार भेट

बिहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहीआएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई न्युरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द हाेस्: महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा अधिकारीले गरे चीनसँगको सीमा क्षेत्रको निरीक्षण

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

दक्षिणकालीको भीरमा महिला र पुरुषको शव भेटियो

काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ। गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरुप कायम गरिएको छ। गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो। गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनः निर्माण चलिरहेको र अहिले पुनः निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ः३८ बजे भूकम्प गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

आज ज्येष्ठ कृष्णपक्षको आमावस्या। मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन्। वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मोसमः यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो। घामपानी र हावाहुरी नछेक्ने टहरो। हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका। निसीखोला गाउँपालिका(६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन्। विंसं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन। ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ। तीनवटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन्। हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन। यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन्। पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

साँघुराे ‘फुटपाथ’मा फटफटाइरहेकाे सिंहदरबार

केन्द्रीय सत्ताले अहिलेसम्म स्थानीय अनि संघीयताका कुनै पनि संरचनाहरूलाई आफ्नै ‘शाखा’हरू ठान्छ। संघीय संरचनामा भएको पहिलो चुनावबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले २०७६ मा त्यसै भनेका होइनन् ‘प्रदेश वा स्थानीय तह भनेका छुट्टै केही होइनन् ती संघीय सरकारकै इकाइ हुन्…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ