शुक्रबार, १४ नोभेम्बर २०२५

न्युरोडमा कालोपत्रे राेक्न खाेजेपछि सडक विभाग र नगर प्रहरीबीच विवाद

न्युराेडकाे फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले केही दिनअघि सडक भत्काएकाे थियाे। तर सडक विभागले आजदेखि सडककाे कालोपत्रे थालेकाे थियाे। सडककाे मर्मत राेक्न नगर प्रहरी पुगेपछि विवाद भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुल्मीमा दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ घाइते

आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

वडाध्यक्षकाे रिस ओलीमाथि: बालेनले भने–१० हजार कराेडकाे घाेटाला छाेप्न नखाेज्नुस्

'यही १० हजार करोडको काण्ड' लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाउँदै उनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र

भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ। मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो। तिवारीभञ्ज्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्र च्याङ्ग्रेसम्म पु¥याउने लक्ष्यका साथ दुई प्याकेजमा कालोपत्र भइरहेकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यो आर्थिक वर्षमा एक हजार तीन सय मिटर कालोपत्र सम्पन्न हुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दलित समुदायको बृहत्तर विकासका लागि क्षतिपूर्तिसहितको विशेषाधिकार आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए। “तीनै तहका सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा कार्यक्रम निर्माण गर्न, दलित सशक्तीकरण कार्यक्रम बनाउन, छुवाछूत विरूद्धको ऐन प्रभावकारी कार्यान्वयन गर्न सबैमा विशेष अपील गर्दछु”, सन्देशमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम: यी प्रदेशमा मेघगर्जनसहित वर्षामकाे सम्भावना

नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे इजलासले गृहमन्त्रीको निर्णयविरुद्धकाे रिटमा कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा परेको जाहेरी झिकाउन सर्वोच्चकाे आदेश

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै यस्ताे आदेश दिएको हाे। अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा जिप दुर्घटना हुँदा ६ भारतीय पर्यटक घाइते

कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

औद्योगिक राजधानी घोषणामा विलम्ब

सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निजगढको अन्तिम बिन्दुको ३०–३० किलोमिटर वरपरको क्षेत्रफललाई समेटेर औद्योगिक राजधानी बनाउन सकिने धारणा व्यक्त गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज (पर्सा)

सहकारी ठगी गर्नेलाई संसदीय समितिले कारबाही गराेस्: गगन थापा

‘यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन्। राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्’, उनले भने, ‘सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन्। उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्खुवासभामा पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उनले जानकारी दिए। सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

‘नेलपलिस’को गन्ध आएपछि उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो

‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो’, यात्री मञ्जु शाहीले भनिन्, ‘नेल पलिसको गन्धका कारण  विमान फर्काइएको हल्ला चल्यो छ। विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा किसानमाथि प्रहरीको लाठी चार्ज

दाङमा  स्वर्गद्वारी गुठी पीडित किसानहरुले घाेराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका किसानमाथि प्रहरील लाठी चार्ज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।  मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ