नेपाल एकता पार्टी घोषणाको तयारी
नेपाल एकता पार्टीले आफ्नो घोषणासभाको तयारी गरिरहेको जनाएको छ। डा.महेन्द्रजंग शाहको संयोजनामा अहिले तदर्थ समिति गठन भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल एकता पार्टीले आफ्नो घोषणासभाको तयारी गरिरहेको जनाएको छ। डा.महेन्द्रजंग शाहको संयोजनामा अहिले तदर्थ समिति गठन भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु’, अध्यक्ष प्रचण्डले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
दुर्गा प्रसाईं काठमाडाैँमा पक्राउ परेलगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ। प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ। यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ। यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ। ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
बिएल संवाददाता - झापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे वनस्थलीस्थित कार्यालयमा सादा पोशाक र केही बर्दीका प्रहरीहरु परिचालन गरिएकाे छ। रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने सन्देश पठाइएपछि प्रहरीहरु परिचालन गरिएकाे स्राेतले बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेका सभापति रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले कार्यकर्तालाई कार्यालयमा बोलाएको हाे। सभापति लामिछाने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा आकस्मिक छलफलमा जुटेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘नेपालमा जुन क्षेत्रमा पनि राजनीति हुने तर राजनीतिमा नैतिकता नहुनु अहिलेको गम्भीर विडम्बना हो। यस्तो स्थिति बनेको छ अहिले। राजनीति त चाहियो तर सहि राजनीति चाहियो। यो राजनीतिको नाममा जहाँ पनि राजनीति घुसाउनु ठिक होइन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
आज ३२५ कम्पनीको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ।
बिएल संवाददाता - काठमाडौं
मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बतए। समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए।
बिएल संवाददाता - काठमाडौं
भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए। करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।
बिएल संवाददाता - काठमाडौं
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेकाे छ। सन्दिपलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनकाे फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। असोज ४ र ५ गते बुटवलमा सम्पन्न जनमोर्चाको बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह वृद्धि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू जोखिमको अग्रभागमा रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशनसमेत गरेको छ। विपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ।
बिएल संवाददाता - काठमाडौं
विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी व्यहोरेका र जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिस्वरुप ५० खर्ब डलर दिनुपर्ने माग गर्दै जलवायु अभियन्ताहरुले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
उर्लाबारीका मेयर गंगाप्रसाद खरेलसहित क्याम्पस संचालन समितिका केही सदस्यको असहमतिका बीच उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले ‘क्लिन चिट’ पाएका हुन्।
बिएल संवाददाता - उर्लाबारी
१ .
२ .
३ .
४ .
५ .