बिएल संवाददाता
नेपालका तस्बिरहरू विश्वभरि पुर्याउने रुसी फोटोग्राफर युरी रोडिचेभ बुधबार काठमाडौंमा सम्मानित भएका छन्। यो सम्मानसँगै उनलाई पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले ‘नेपालको पर्यटन दूत’ घोषणा गरेको छ।
ठमेलको होटल होली हिमालयमा आयोजक संस्थाका सदस्य एवम् वातावरणविद् देबेन्द्र बस्न्यातले फोटोग्राफर रोडिचेभलाई सम्मानपत्र अर्पण गरेका थिए।
युरीले रुसका विभिन्न सहरमा १८१ पटक नेपालका पर्यटकीय तस्बिरहरू प्रदर्शनी गरिसकेका छन्। हालै उनको ‘दि हिमालयज्’ नामक फोटो बुक पनि प्रकाशित भएको छ।
‘उहाँले नेपाल प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउनु भएको छ’, कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले भने, ‘त्यसैले हामीले सम्मान गरेका हौं।’
कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष ज्योति अधिकारी, टानका पूर्व महासचिव कर्ण लामा र पर्यटन पत्रकार अमृत भादगाउँलेले रोडिचेभजस्ता नेपालप्रेमी नेपालको अघोषित पर्यटन दूत भएको बताए।
त्रिसठ्ठी वर्षको उमेरमा पहिलो पटक नेपाल आएका रोडिचेभलाई नेपालले मोहनी लगाएको छ। उनले नेपालका विभिन्न ठाउँमा पदयात्रा गरेका छन् भने विभिन्न हिमचुली समेत आरोहण गरिसकेका छन्।
१४ वर्षकै उमेरदेखि फोटोग्राफीमा लागेका युरीले तस्बिर खिच्न निकै सङ्घर्ष गरेका छन्। उनी जीवनसाथी आनासँगै नेपाल घुम्न आएका थिए। यो दम्पत्ति बुधबारै स्वदेश फर्केको छ।
बुक्स हिमालयले प्रकाशन गरेको १८४ पृष्ठको पुस्तकको मूल्य ३५ सय रुपैयाँ तोकिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया