बिएल संवाददाता
काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो गरेका छन्।
दसैँको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ।
बाढी पहिरोअघि दसैँ बजार विस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ।
उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ।

असनका व्यापारी लक्ष्मण भुषाल पहिलेको तुलनामा यसवर्ष व्यापारमा ह्वात्तै कमी आएको बताए।
‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढीपहिरो आयो। राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन। अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ। नेपालमा पैसा कमाउने वातावरण नै छैन। देशसँग नै पुँजी छैन। विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन,’ उनले भने।

काठमाडौं महानगरमा फुटपाथेका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ।
‘पहिले पहिले पसलका सामानहरु फुटपाथेका व्यापारीले उठाइदिन्थे। अहिले त्यस्तो छैन। किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन्। भीडभाड नै छैन। सामन डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ,’ असनकै अर्का व्यापारीले भने।

काठमाडौँ उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको उनीहरुको भनाइ छ। विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले व्यापार घटेको व्यापारीहरुको भनाइ छ। दसैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढीपहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे।
.jpg)

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया