बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले यस दसैंमा उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका छन्। यही असोज २६ गतेका दिनको दसैंमा उनले अपरान्ह ३ बजेपछि मात्र उच्च पदस्थ र सर्वसाधारणलाई टीका लगाउने समय निर्धारण गरेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीकाअनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने समय निर्धारण भएको छ।
त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई टीका लगाउने समय निर्धारण भएको छ।
टीका ग्रहरणका लागि राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पुग्नपर्ने छ। साथै टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन पनि भनिएको छ। टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया