बुधबार, २० मे २०२६

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नागार्जुनका मेयर भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गरेको हो। उनलाई घुस दिने पद्मा कोलोनीका मालिक राजु कँडेल पनि दोषी ठहर भएका छन्।  उनीहरूलाई सजाय तोक्नका लागि आगामी असार १६ गते अर्को पेशी तोकिएको छ। बस्नेतकी श्रीमतीलाई भने विशेष अदालतले सफाइ दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्रीले भने– विकासले फड्को मारिसक्याे

उनले भने, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ। हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो। तीनवटा कुवामध्ये एउटा कुवाबाट ग्यास पैदा भएको छ। त्यसको उत्खनन् सुरुवात पनि मैले नै गरेको थिएँ। धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ। यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ। ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ। कृषिको आधुनिकीकरण गर्नेछौँ। नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ। कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन। आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ‘ओभरपास’काे उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्कोमा फ्लाइओभरको उद्घाटन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन तस्करीमा फरार रहेकी अमला टाेखाबाट पक्राउ

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेकाे हाे। उनी सुन तस्‍करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रास्वपासँग कुनै सम्झौता हुँदैन– महेश बर्ताैला

‘सरकारले सहमति गरेपछि पनि रास्वपा स्टन्ट गर्न लागिरहेको छ। आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नियमावलीअनुसार नै निर्धारण भएको हो। अर्को दिन गरौँ भनेर मिल्दैन। सभामुखले नाराबाजीबीच प्रधानमन्त्रीलाई अगाडि उभ्याउन मिल्दैन भन्ने लागेर कार्यसूचीबाट हटाउनुभयो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालीलाई भिजिट भिसाले विदेशीकाे दास बनायाे– सुमना श्रेष्ठ

सांसदलाई नसुन्ने सरकारले जनताको आवाज नसुनेकाे बताउँदै उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसा मार्फत नै हो। त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन्। कतिसम्म गिरेको नेपाल सरकार। ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् ? हाम्रो अडान जारी रहने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हट्यो काठमाडौंको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटाएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको जानकारी गराएको हो।  राजावादीहरूको आन्दोलन चर्किएपछि प्रशासन कार्यालयले जेठ १८ गते तीन वटा स्थान बाहेक चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा प्रदर्शन गर्न रोकेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सदन छाडेर बाहिरिए रास्वपा र राप्रपाका सांसदहरू

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायम राख्दै बैठकबाट बाहिर निस्किएका छन्।  शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुद बैठक अगाडि बढाएपछि उनीहरू बाहिर निस्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कालो पोशाक र निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानमाथि आक्रमण गर्ने कि नगर्ने? अलमलमा छन् ट्रम्प

यद्यपि इजरायललाई अमेरिकाले अप्रत्यक्षरुपमा इरानमाथि आक्रमणमा सघाइ पनि रहेको छ। त्यसमा अमेरिकी स्वार्थ पनि मिलेको छ। जहाँ इजरायलय र अमेरिका दुबै इरानका आणविक परियोजनाहरू ध्वस्त पार्न चाहन्छन्।  सुरुदेखि नै इजरायलले इरानका आणविक भट्टी तथा प्रशोधन केन्द्रहरूमा आक्रमण गर्दै आएको छ। त्यत्तिकै जवाफ इरानले पनि इजरायललाई दिँदै आएको छ।  बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा रहेको भूमिक आणविक प्रशोधन केन्द्रहरू ध्वस्त पार्नका लागि अमेरिकामात्रै रहेको एउटा शक्तिशाली बम हान्नेबारे आफ्ना सुरक्षा रणनीतिकारहरूसँग सल्लाह गरेका थिए। तर त्यहाँ मत विभाजित भएपछि अहिले नै इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारे ह्वाइट हाउसले निर्णय लिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वी नवलपरासीमा यात्रुबाहक बस बाढीले बगायो, ४० यात्रुको सकुशल उद्धार

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।  काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पोखरामा लागू औषधसहित चारजना पक्राउ

कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गम जिल्लाहरूमा ९ रुपैयाँमा नुन वितरण भइरहेको छ– उर्मिला श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि

जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

नेपाल राष्ट्र बैंकले बुधवार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली २०७८ मा चौथो संसोधन गर्दै विदेशमा लगानी गर्न चाहने आईटी कम्पनीहरुलाई लगानी गर्ने सीमा तोकिदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अघि बढ्ने एमसिसी, प्रतिबन्ध हट्यो

वक्तव्यमा एमसीसी र अमेरिकी दूतावासले नेपाल सरकारका सरोकारवाला निकायहरूसँग मिलेर सकारात्मक तथा रचनात्मक निष्कर्ष निकाल्ने प्रयास भइरहेको उल्लेख छ। साथै, कम्प्याक्ट अन्तर्गत भएका र आगामी कार्यक्रमहरू नेपालको प्राथमिकता र अमेरिकी नीतिसँग मेल खाने गरी पारदर्शिता, सुशासन, प्रभावकारिता र जोखिम व्यवस्थापनमा जोड दिइने पनि उल्लेख छ। ‘संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्धमा प्रतिवद्ध छ,’ वक्तव्यमा भनिएको छ, ‘र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक स्थायित्वका लागि सहयोग पुर्‍याउन प्रतिबद्ध छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ