बिएल संवाददाता
गाजामा पूर्णरुपमा युद्ध समाप्तीका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्दैछन्। त्यसका लागि उनी सोमबार इजिप्ट जाने तयारी छ।
खासगरी गाजामा पूर्ण र दीर्घकालीन शान्ति तथा पुनर्निर्माण र मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्ने उद्देश्य राखिएको यो सम्मेलनको अध्यक्षता ट्रम्पले गर्नेछन्। आयोजकका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसीले पनि आयोजक राष्ट्रका हैसियतले उक्क सम्मेलनको नेतृत्व गर्नेछन्।
इजिप्टको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार यो सम्मेलनमा विभिन्न युरोपेलीदेखि खाडी राष्ट्रका कम्तीमा २० राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुँदैछन्। अहिलेसम्म संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस, बेलायतका प्रधानमन्त्री केर स्टार्मर, इटलीका प्रधानमन्त्री जर्जिया मेलोनी, स्पेनका प्रधानमन्त्री पेडरो सान्चेज, फ्रान्सका राष्ट्रपित एमानुएल म्याक्रोंलगायतका नेताहरूले यो सम्मेलनमा सहभागिता जनाउने निश्चित भएको छ।
इजरायलका प्रधानन्त्री बेन्जमिन नेतन्याहू उपस्थित हुने वा नहुने भन्नेबारेमा अहिलेसम्म प्रष्ट भइसकेको छैन। यद्यपि ट्रम्पको आग्रहमा उनी पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।
ट्रम्पकै पहलमा यसअघि इजरायल र हमास गाजामा युद्धविराम सम्झौता गर्न सहमत भएका थिए। त्यसका लागि इजिप्टमै मध्यस्थकर्ताहरूले वार्ता गरेका थिए। यो युद्ध बिरामका लागि ट्रम्पले गाजाको पूर्ण सुरक्षा र पुनर्निर्माणका लागि २० बुँदे प्रस्ताव अघि सारेका थिए।
दुई वर्षसम्म चलेको यो भयानक युद्ध शुक्रबारदेखि लगभग आंशिकरुपमा थामिएको छ। योसँगै युद्धका बेला त्यो भूमि छोडेका हजारौं गाजाबासीहरू गाजामा शान्ति स्थापना हुने अपेक्षाका साथ फर्किइरहेका छन्। इजरायली सैनिक पनि फर्किन थालेपछि त्यहाँ अहिले युद्धको भग्नावशेषमा आफन्तहरूको शव खोज्ने र आफ्ना घर-वासस्थानका चिह्नहरू खोजी भइरहेको छ।
युद्धविरामपछि सोमबारदेखि नै दुवै पक्षले बन्दीहरू आदानप्रदान गर्नेछन्। यतिबेला बन्धक बनाइएहरूको परिवार उनीहरूको प्रतीक्षामा छन्। यद्यपि बन्दी बनाइएका कतिपयको मृत्यु भइसकेको छ। तिनका परिवारले पनि उनीहरूको शव कुरिरहेका छन्।
२०२३को अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएको थियो। युद्ध सुरुवातकै दिनमा १० जना नेपाली विद्यार्थी पनि मारिएका थिए भने एकजना नेपाली बिपिन जोशीलाई हमासले बन्धक बनाएको थियो। तर उनको अवस्थाबारे अहिलेसम्म हमासले प्रस्ट पारेको छैन। अहिलेसम्म सार्वजनिक भएका बन्धकहरूको सूचीमा बिपिनको नाम जीवित वा मृतकहरू दुबैमा छैन। उनको अवस्थालाई ‘अज्ञात’ भनिएको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया