बिएल संवाददाता
हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ।
गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ।
दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन्। दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौँ घरलाई निशाना बनाइएको हमासले बताएको छ।
अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू युद्ध सुरु भएदेखि नै गाजामा इजरायली आक्रमणबाट बारम्बार प्रभावित हुँदै आएका छन्।
इजरायली सेनाले हमासले अस्पतालमुनि सुरुङ निर्माण गरेको र त्यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र आफ्ना गतिविधिलाई ढाकछोप गर्न सर्वसाधारणको भौतिक संरचनाको दोहन गरेको आरोप लगाएको छ।
अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो। युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ।
लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ। बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले प्रतिशोधस्वरूप हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ।
हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा शुरु गरेको आक्रमणमा कम्तीमा २३ हजार ९६८ व्यक्तिको ज्यान गएको छ भने इजरायली सैन्य कारबाही निरन्तर चलेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया