सोमबार, ०२ नोभेम्बर २०२६

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

News Image
• • •

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए।

थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन्।

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ। केही कुरा पनि गर्‍यौँ। त्यसक्रममा उहाँले देशको कुरा हो, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो,’ सभापति श्रेष्ठले भने।

यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उनको सुनुवाइ प्रक्रिया रोकिएको थियो।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल हुँदा फिर्ता लिएको कुरा जानकारी गराइएको हो।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । 

नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!