बिएल संवाददाता
रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिएका छन्।
'दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्', सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गरेका छन्।
आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ।
युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभविरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ।
अक्स्योनोभले जनाए अनुसार 'बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ।' युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया