बिएल संवाददाता
नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।
दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले सङ्केत गरेको छ।
आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल्र परिचालन गरिएकोे जानकारी दिए।
उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए। उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गरेका छन्।
दादुरा पाँच वर्ष मुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ। खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया