बिएल संवाददाता
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएका छन्।
मृतकको संख्या ७० तथा घाइतेको संख्या ५० भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताएका छन्।
विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताए।
यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए।
गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हँुदा दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।
अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ, भने देशको मौसम निर्देशालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया