बिएल संवाददाता
इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ।
इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ।
इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन्। सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ।
इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्य मध्ये १७ जना भारतीय रहेका छन्। समाचारअनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ। बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ, ‘बाहिर नआउ’। जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो।
सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ।
- एजेन्सी
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया