बिएल संवाददाता
थाई नेपाली संघ थाइल्याण्डको एउटा प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसित हालै भेटवार्ता गरेको छ।
थाई नेपाली संघका संरक्षक कुमार कार्की नेतृत्वको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवलाई भेटेरै ‘पिपुल अफ नेपाली अरिजन’ परिचयपत्र उपलव्ध गराउन आग्रह गरेको छ।
थाइल्याण्डमा झण्डै ९० हजार नेपालीभाषी बसोबास गर्छन्। अहिले त्यहाँ बसोबास गर्ने नेपाली दोस्रो विश्व युद्धताका म्यानमार हुँदै पुगेकाहरुको चौथो पुस्ता हुन्।
नेपालीभाषीहरू थाइल्याण्डमा ‘नेपाली जीवन’ बाँचिरहेका छन्। उनीहरू आफूलाई नेपाली भनेरै चिनाउँछन्। त्यहाँका नेपालीभाषीले नेपालसँगको नाता टुटाउन नचाहेको देखिन्छ।
नेपालमा नागरिकताको चलन नहुँदै प्रवासमा गएका म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीले नेपाल सरकारसँग ‘पिपुल अफ नेपाली अरिजन’ अर्थात् पीएनओ कार्ड उपलब्ध गराउन आग्रह गर्दै आएका छन्।
नेपाल सरकारले आफूहरूलाई एनआरएनए कार्डमार्फत् नेपाली परिचय दिनुपर्ने थाई नेपाली संघका संरक्षक कुमार कार्कीको भनाई छ।
‘सरकारलाई हाम्रो आग्रह छ– नेपालले हामीहरूलाई पीएनओ कार्ड देओस्, म्यानमार, थाइल्याण्ड, मलेसिया र फिजीका नेपालीको नागरिकतामा अहिलेपनि नेपाली वा गोर्खा लेखिएको छ। नेपाल सरकारले हामीलाई नेपालीमूलका मानिसको परिचय दिनुपर्छ,’ उनले भने।
नेपालीमूलकाे परिचयपत्र नहुँदा नेपाल–थाई आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको थाई नेपालीहरूकाे गुनासो छ। नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउन परिचयपत्र आवश्यक भएको संरक्षक कार्कीले बताएका छन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया